बाबुरामलाई चुनाव जित्न डा.गोविन्द केसीको शुभकामाना

File photo
File photo

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र डा. गोविन्द केसीबीच शनिबार गोरखामा आकस्मिक भेट भएको छ। 

भेटका क्रममा आफूहरूबीच स्वास्थ्य क्षेत्र र समग्र नेपाली समाजकै विकृतिरविसंगतिबारे विचार आदानप्रदान भएको डा.भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। 

भेटका क्रममा डा.केसीले आफूलाई चुनावमा जितका लागि शुभकामना दिएको डा.भट्टराईले जनाएका छन्। उनले त्यसका लागि डा. केसीप्रति आभार प्रकट गरेका छन्। उनले डा. केसीलाई नेपाली गान्धी भनेर प्रशंसा गरेका छन्। 

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले आसन्न निर्वाचन गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी थालेका छन्।

प्रकाशित मिति: : 2022-09-03 20:49:00

प्रतिकृया दिनुहोस्