फलो-अपः मौलाउँदैछ ज्योतिष-व्यापार !

तपाईं हामीले कुनै सामान किन्न जाँदा त्यसको मुल्यमा छुटको अफर लागेको देखेकै छौँ। यो छुटको व्यवस्था  जताततै देखिन्छ। हुँदाहुँदा शास्त्रगत रुपमा चल्ने ज्योतिष पेशामा पनि यो छुटको अफर आजभोलि पर्याप्त मात्रामा देख्न सकिन्छ।

धनन्जय ज्योतिष परामर्श सेवाद्वारा प्रायोजित गरेर फेसबुकमा राखिएको छुट विज्ञापन यसको पछिल्लो उदारहण रहेको छ। विज्ञापन अनुसार चिना हेराएको १ हजार रुपैयाँ लाग्नेमा ७ सय रुपैयाँ छुट गरेर ३ सय रुपैयाँ तोकिएको छ।

त्यसैगरी एस्ट्रो सौरभले चिना हेराउने भन्दै सुन्दरीहरुको फोटोसहित फेसबुकमा विज्ञापन गरेको भेटिएको छ । यसरी सामाजिक सञ्जालमा विज्ञापन गर्ने गर्ने धेरै भेटिन्छन् अचेल। यो एक किसिमको ज्योतिष विद्याको दुरुपयोग हो ।

काठमाण्डौंकी निलम तामाङ केही समय अगाडि बिरामी भइन्। बिरामी भएपछि उपचार गर्न हस्पिटल गइन्। तर उनी निको भइनन्। हस्पिटलका औषधिले निको नभएपछि उनी धामी झाँक्री,माता हुँदै ज्योतिषीकोमा पुगिन्। 

ज्योतिषीले उनलाई साढे साती दशा ,संकटा लागेको बताए। ज्योतिषिको सल्लाह अनुरूप उनले ग्रह निवारण पनि गराइन्। आर्थिक खर्च भयो तर रोग जस्ताको त्यस्तै रहयो।

त्यसपछि उनलाई ज्योतिष विद्याप्रति विश्वास घट्दै गयो। हाल निलम पुन अस्पतालको औषधिले रोग सञ्चो हुँदै आएकी छिन्। 

‘हामीलाई थाहा थिएनन् धामीझाँक्री, माता ज्योतिषी एउटै हो भन्ने कुरा।’ उनले भनिन्, ‘मेरो स्वास्थ्यमा सुधार नभए पछि धेरै विकल्प रोजेँ, सुधारको अपेक्षाले आस्तिक बन्न मजबुत भए ग्यारेन्टीका साथ सञ्चो हुन्छ भनेर कुनै ज्योतिष ,धामीझाँक्री झारफुक,ग्रह निवारण पनि गरे तर अहिले बुझ्दाँ सबै ढोगी धर्तु ठगहरु रहेछन्।’ 

निलम ज्योतिषको व्यवहार देखेर दङग पर्ने गरेको बताउँछिन्। ‘ज्योतिषीहरूको व्यवहार गरेको देख्दा म दङ्ग पर्छु।’ ‘निशुल्क गुरुकुलमा संस्कृत अध्ययन गर्नेहरु ५ देखि १०मिनेट चिना बयान गरेर ३ हजार सम्म शुल्क लिन्छन्। यसरी सबै व्यक्तिले चिना हेर्ने बनाउने हैसियत हुदैनन्। शुल्क तोक्नु  गलत जस्तो लाग्छ। उनले भनिन् । 

पछिल्लो समय नेपालमा ज्योतिषीहरुको पेसा मौलाउदो देखिन्छ।  ज्योतिष विद्यालाई व्यापारिक प्रायोजनका निमित्त प्रयोग गर्नेहरुको जमात बढदो रुपमा रहेको छ।  

जुन सरासर गलत रहेको पाका ज्योतिषीहरु बताउँछन्। शास्त्र अनुसार जाने हो भने कुनै पनि ज्योतिषीहरुले मूल्य तोकेर सेवा दिन ठिक मानिदैँन। अझ यसमा पनि समान किन्दाझैँ छुट दिनु अनि ठुलो मूल्य तोक्नु विद्यामाथि लात प्रहार गर्नु सरह हुन्छ। 

नेपालमा ज्योतिषी ज्योतिषीबीच धेरै रकम लिनेलाई अन्यले कटाक्ष गरेको पाइन्छ। यसरी बहसको पात्रको रूपमा ज्योतिषी हरिहर अधिकारी पर्ने गरेका छन्। अधिकारी विश्व ज्योतिष महासंघ नेपाल अन्तर्गत युवा समितिका अध्यक्ष हुन्। 

अधिकारीलाई लागेको आरोपबारे प्रश्न गर्दा उनी भन्छन् ‘मान्छेहरु बजारमा गएर ब्राण्डेड जुत्ता कपडा किन्छन्। करोडौं लगानी गरेर व्यवसाय गर्न खोज्छन्। उनीहरूले आफ्नो इच्छाले मैले तोकेको रकम दिएर सेवा लिनु उनीहरूको कुरो भयो।

मैले सबैलाई उक्त रकम तिरेर मै कहा आउनु पर्दछ भन्दैन, बाध्यता होइन। मैले जीवनमा आइपर्ने कुराहरूले ठिक बाटो देखाइदिने हो महत्त्वपूर्ण कुराहरूको सल्लाह दिएर मार्ग सहज गराइदिन्छु। त्यो पूर्ण सत्य हुन्छ। कुनै किसिमबाट फरक खाँदैन।’ 

नेपालमा फरक फरक ज्योतिषीहरुको फरक फरक रेट रहेको छ। अहिले मिडियामा आएका ज्योतिषीहरुको ज्योतिषीय दर भिन्नै छ। सामान्य २ सय देखि १५ हजार सम्म लिने ज्योतिषीहरु पनि भेटिन्छन्। यी सबै नियम संगत नभएर कमाउ धन्दामा लागेको प्रस्ट देखिन्छ।

ज्योतिष विद्या पढ्न डाक्टर पाइलट जस्ता विषय पढ्न लाग्ने खर्च भन्दा न्यून लाग्छ। तर यिनीहरुले लिने रकम हेर्दा स्वभानीय देखिदैँन। अधिकांश ज्योतिषीहरु आफूले अध्ययन गरेको शास्त्रको मर्मभन्दा बाहिर गएको पाइएको छ। जुन सरासर गलत र ठगी धन्दा जस्तो देखिने ज्योतिष विद्याका मर्मज्ञहरुको भनाइ रहेको छ।

प्रकाशित मिति: : 2022-09-03 22:20:00

प्रतिकृया दिनुहोस्