रोल्पामा एमालेले माओवादीविरुद्ध पूर्वमाओवादी भिडाउँदै 

BreaknLinks
BreaknLinks

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले रोल्पाले माओवादीविरुद्ध पूर्वमाओवादीलाई भिडाउने भएको छ।

एमालेले प्रतिनिधिसभा, एउटा प्रदेशसभा र समानुपातिक उम्मेदवारमा पूर्वमाओवादीलाई सिफारिस गरेको छ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ पुर्णबहादुर बुढामगर, प्रदेशसभा ‘क’ जयप्रकाश बुढा र ‘ख’ मा प्रेमबहादुर घर्तीलाई सिफरिस गरेको एमाले रोल्पाले जनाएको छ।

जसमध्ये घर्तीबाहेक दुबैजना पूर्वमाओवादी हुन्। यस्तै प्रतिनिधिसभा समानुपातिकतर्फ नविन रोकामगर, कुमार दशौदी, ईश्वरी जिएम, रिमा नेपाली र मिना बुढाको नाम सिफारिस भएको छ।

प्रदेशसभा समानुपातिकमा एमुना रोका तामाङ, सावित्रा बुढा घर्तीमगर, ओमराज घर्ती र राजेन्द्र बुढाथोकी सिफारिस भएको बताइएको छ।

स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस, विप्लव समूह र अन्य दलहरुसँग गठबन्धन गरेको एमाले रोल्पाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भने केन्द्रीय तहबाटै गठबन्धन हुने भएकाले अहिलेसम्म जिल्ला स्तरमा छलफल नभएको जनाएको छ।

यद्यपि गठबन्धन दलहरुमा कुरा नमिले त्यसको भरपुर फाइदा उठाउने रणनीति एमाले रोल्पाको छ।

प्रकाशित मिति: : 2022-09-05 11:54:00

प्रतिकृया दिनुहोस्