बेलायतमा ७० वर्षपछि राजा, रानीको युग अन्त

BBC News
BBC News

बेलायतले चार्ल्स तृतीय नामका नयाँ राजा पाएको छ । महारानी एलजावेथ द्वितियाको ९६ वर्षको उमेरमा निधन भएसँगै उत्तराधिकारीका रूपमा उनका जेटा छोरा चार्ल्स राजा भएका हुन् । युवराज चार्ल्सका नामले परिचित राजाको रूपमा भने उनको नाम चार्ल्स  तृतीय भएको हो । 

उनले आफ्ना चार नाम चार्ल्स फिलिप अर्थर जर्जमध्ये एक चार्ल्स रोजेका हुन् । उनी राजा भएसँगै उनकी पत्नी क्यामिला क्वीन कन्सर्ट हुनेछिन् । बेलायतमा राजाकी श्रीमतीलाई दिइने यो औपचारिक पद हो ।  

चार्ल्स तृतीय बेलायतका राजाका साथै ५६ बेलायत साम्राज्यबाट स्वतन्त्र भएका देशहरूको संस्था कमनवेल्थका पनि प्रमुख हुनेछन् । यीमध्ये १४ देशका प्रमुख पनि उनी नै हुनेछन् । 

बेलायतले ७० वर्षपछि नयाँ महाराज  पाएको हो । सात दशकसम्म महारानी रहेको बेलायतमा अब महाराज भएभन्दा पनि अचम्म लाग्छ । सातदशक यताका मानिसले बेलायतका राजा भनेर कहिलै लेखेका छैनन्, सुनेका छैनन् र पढेका पनि छैनन् । साँच्चै भन्नु भने यो एक किसिमको अचम्म भएको छ र यसमा अभ्यस्त हुन  बेलायतीलाई मात्र हैन, बाँकि विश्वका मानिसलाई पनि धेरै समयसम्म लाग्छ ।

महारानी एलिजावेथ द्वितियाको निधन भएसँगै बेलायतले ७० वर्पछि राजा पाएको छ । उनका जेठा छोरा चार्ल्स राजा भएका छन् भने उनीपछिको रोलक्रममा छोरा विलियम र नाति जर्ज छन् । यो रोलक्रम हेर्दा बेलायतमा रानीको युग सकिएर राजाको युग सुरू भएको छ ।

भनाइ नै छ नि, राजा मरे पनि राजगद्दी खालि हुदैन । यही परम्पराअनुसार आमाको निधनसँगै चार्ल्स राजा भएका हुन् । ७३ वर्षमा राजा भएका चार्ल्सको जन्म १४ नोभेम्बर १९४८ मा भएको हो । चार्ल्सपछि राजकुमार विलियम र त्यसपछि उनका छोरा जर्ज राजगद्दीका उत्तराधिकारी छन् । यो रोलक्रम हेर्दा बेलायतमा रानीको युग सकिएर राजाको युग सुरू भयो भन्दा पनि फरक पर्दैन ।

बेलायतका नयाँ राजा चार्ल्स पूर्वपत्नी डायनासँगको उनको तिक्ततापूर्ण सम्बन्ध र उनको असमामयिक निधनका कारण चार्ल्स बेलायती जनतामाझ त्यति लोकप्रिय छैनन् । अझ उनका कान्छा छोरा ह्यारीले राजपरिवारको सदस्य नै छोडेपछि उनको लोकप्रियता अरू ओरालो लाग्यो । आफ्नो परिवार त सम्हाल्न नसक्नेले बेलायतलाई कसरी सम्हाल्लान् भन्ने कोणबाट पनि प्रश्न उठेका छन् । 

जे भए पनि उनी ७३ वर्षको वृद्ध उमेरमा बेलायती राजगद्दीमा पुगेका छन् । जस्तै भए पनि राजा हुन्, राजा भनेपछि अझै पनि बेलायती जनताको मनमा ठूलो सम्मान रहेको छ ।

प्रकाशित मिति: : 2022-09-09 05:21:00

प्रतिकृया दिनुहोस्