पाठ्यपुस्तक अभावको समस्या समाधान गर्न अनेरास्ववियुको माग

जिल्लामा भएको पाठ्यपुस्तक अभावको समस्यालाई यथासिघ्र समाधान गर्न माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रोल्पाले ज्ञापन पत्र बुझाएको छ।

अनेरास्ववियुले आइतवार शिक्षा समन्वय ईकाइ रोल्पामा ज्ञापन पत्र बुझाएको हो। आधा शैक्षिक सत्र सकिँदासमेत जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक अभाव हुदा पनि शिक्षा कार्यालयले सहजीकरण नगर्नु चिन्ताको विषय भएको भन्दै यसको तत्काल समाधान नभए संघर्षका कार्यक्रम गर्नेसमेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

अनेरास्ववियु रोल्पाका अध्यक्ष झलक बुढामगरसहित अनेरास्ववियुका जिल्ला तथा केन्द्रीय नेताहरुको उपस्थितिमा बुझाइएको ज्ञापन पत्रमा विद्यार्थीहरुको निःशुल्क पाठ्यपुस्तक पाउने र पढ्न पाउने अधिकारको हनन् भएको भन्दै यसप्रति निन्दा गरिएको छ।

प्रकाशित मिति: : 2022-09-12 10:24:00

प्रतिकृया दिनुहोस्