अघिल्लो निर्वाचनका सहकर्मी नै बन्दैछन् यसपटकका प्रतिस्पर्धी 

BreaknLinks
BreaknLinks

चुनावको मिति नजिकिँदै जाँदा दलहरु तीव्र तयारीमा जुटेका छन्। पाँच दलीय सत्ता गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा रहेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजै मात्र संसदीय दलमा अन्मित सम्बोभन गर्दै चुनावको तयारीमा खटिन संसदहरुलाई आग्रह गरेका छन्।

ओलीले असोज १ गतेबाट संसदहरुको अवधि सकिने भन्दै आफ्ना पार्टीका संसदहरुलाई चुनाव लक्षित गर्दै गाँउ जान निर्देशन दिए। गठबन्धनको चुनौती सामना गर्न एमाले जोडबलका साथ चुनावी अभियानमा होमिँदै छ।

अगामी निर्वाचनमा चासोका रुपमा हेरिएको इलाममा राजनीतिक दलका नेता कार्यकताहरुले तयारी थालिसकेका छन्। दलरुले उम्मेदवार सिफारिस गरिरहँदा स्वतन्त्रहरु पनि चुनावी अभियानमा होमिएका छन्।

तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता एंव हाल नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल र एमाले उपाध्यक्ष सुवास चन्द्र नेम्वाङले चुनाव जित्दै आएको इलाममा आगामी निर्वाचनका विषय लिएर टिकाटिप्पणी सुरु हुन थालेका छन्।

दुई वटा संघीय निर्वाचन क्षेत्र रहेको इलाममा २०७४ को प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा एउटै पार्टीमा रहेर काम गरेकाहरु आगामी निर्वाचनमा प्रतिस्पर्धी बन्ने भएका छन्।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट विजयी भएका झलनाथ खनाल विजयी भएका थिए। ०७७ पुस ५ का केपी शर्मा ओलीले संसद विघटन गरेसँगै खनाल एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादीमा छन्। सत्ता गठबन्धनको प्रारम्भिक जानकारीअनुसार इलाम १ नेकपा एसको भागमा पर्ने र १ कांग्रेसको भागमा पर्ने देखिन्छ।

खनाललाई पार्टीले सो क्षेत्रबाट सर्वसम्म्त उम्मेदवार सिफारिस गरेसँगै निर्वाचन क्षेत्रमा उनको सक्रियता बढ्दो छ। आकलझुकल मात्र आफ्नो निर्वाचन क्षेत्र पुग्ने उनी पछिल्ला दिनहरु उतै बिताइरहेका छन्।

२०७४ को निर्वाचनमा सँगै भोट माग्दै हिँडेका नेता नै यसपटक खनालको प्रतिस्पर्धी बन्दै छन्। यस क्षेत्रमा एमालेले जिल्ला अध्यक्ष महेश बस्नेतलाई उम्मेदवार बनाउने भएको छ। बस्नेतलाई एमालेले उम्मेदवारका रुपमा सर्वसम्मत सिफारिस गरेको छ।

अघिल्लो निर्वाचनमा खनाललाई जिताउन महत्वपूर्ण भूमिका खेलेका उनै बस्नेतलाई एमालेले उम्मेदवार बनाउने पक्का जस्तै छ। 

उम्मेदवार सिफारिस भएसँगै दुवै जना चुनावी अभियानमा होमिएका छन्। दिनहुँ मतदाता र कार्यकर्तासँगको भेट बाक्लिँदै गएको छ।

२०७४ को निर्वाचनमा खनाल एमाले माओवादीको बाम गठबन्धनबाट उम्मेदवार थिए। उनले आफ्नो प्रतिद्वन्दीलाई फराकिलो मतान्तरले चुनाव हराए। खनाल ३६ हजार ८०५ मत ल्याएर विजयी बने। उनीसँग कांग्रेसका भ्रपेन्द्र कट्टेल १९ हजार ६३८ मत ल्याएर पराजित बने।

२०४८ सालयता भएका ६ निर्वाचनमा निरन्तर मैदानमा उत्रिएका  खनाल ५ वटा निर्वाचनमा विजयी भएका छन्। २०५६ सालको निर्वाचनमा पराजित भएका खनाल २०४८, ०५१, ०६४, ०७० र ०७४ को निर्वाचनमा विजयी भए।

लामो समयदेखि चुनाव लड्दै आएको पार्टी र चुनाव चिह्न खनालको साथमा छैन। पार्टी र चुनाव चिह्न नयाँ भएका खनाललाई चुनाव जित्न सकस पर्ने देखिन्छ। चुनाव चिन्ह सूर्यबाट ५ पटक निर्वाचन जितेका खनालविरुद्ध त्यही सूर्य चिन्हका उम्मेदवार खडा हुनेछन्।

प्रकाशित मिति: : 2022-09-16 15:15:00

प्रतिकृया दिनुहोस्