विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले विभिन्न दुई वटा विधेयकमाथि राष्ट्रियसभाबाट भएका संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। 

अर्थमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमनत्री पम्फा भुसालले प्रस्तुत गरेकाे ‘बीमा विधेयक, २०७९’ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव  बहुमतले स्वीकृत भएको हो।

प्रतिनिधिसभाको अर्को बैठक शनिबार दिउँसो १ बजे बस्नेछ। 
 

प्रकाशित मिति: : 2022-09-16 14:37:00

प्रतिकृया दिनुहोस्