राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापना गर्‍यो बागमती प्रदेश सम्पर्क कार्यालयको स्थापना

सुदिप बराल

काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीले बाग्मती प्रदेश सम्पर्क कार्यालयको स्थापना गरेको छ। 

काठमाडौंको मित्रपार्कमा आइतबार बागमती प्रदेश सभापति दिपक विश्वकर्माले रिवन काटेर सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन्। 

सम्पर्क कार्यालयको स्थापनापछि पार्टीका गतिविधिहरुलाई अझ प्रभावकारी र व्यवस्थित रुपमा अगाडि बढाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।

त्यसैगरी प्रशिक्षण विभाग प्रमुख लव विष्टले प्रदेश राजधानी मकवानपुर भएतापनि जनताहरुमाझ अझ सशक्त ढङ्गले सम्पर्क स्थापनाका लागि काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरेको बताए।

उक्त कार्यक्रममा बागमती प्रदेश महामन्त्री देव विश्वकर्मा, प्रशिक्षण विभाग प्रमुख लव विष्ट, संगठन विकास प्रमुख विक्रम लो, प्रसार प्रचार प्रमुख रविन पाण्डे लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

 

प्रकाशित मिति: : 2022-09-18 18:15:00

प्रतिकृया दिनुहोस्