सत्ता गठबन्धनको बैठकमा राष्ट्रपतिको कदमबारे पनि छलफल

BreaknLinks
BreaknLinks

आगामी संसदीय निर्वाचनका लागि सिट बाँडफाँटका लागि डाकिएको सत्ता गठबन्धनको बैठकमा एउटा एजेण्डा थपिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रातिसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि निस्क्रिय भएको थियो।

गठबन्धनको बालुवाटारमा जारी बैठकमा यो विषयले पनि प्रवेश पाएको छ। राष्ट्रिय परिस्थिति र आगामी कदमबारे छलफल हुने एक नेताले बताएका छन्। 

बैठक बालुवाटारमा सुरु भइसकेको छ। 


राष्ट्रपति भण्डारीद्वारा विधेयक प्रमाणीकरण नगरेर संविधान उलंघन, अब के हुन्छ ?

पाँच दलीय गठबन्धनको जबर्जस्ती र राष्ट्रपतिले उठाएका महत्वपूर्ण सवाल

प्रकाशित मिति: : 2022-09-21 09:27:00

प्रतिकृया दिनुहोस्