ललितपुर प्रहरीको दसैँ सुरक्षा योजना: एघार सय प्रहरी परिचालन (भिडियाेसहित)

शनि शाक्य

काठमाडौं

ललितपुर महानगरपालिकाले चाडपर्वलाई लक्षित गरि सुरक्षा परिचालन गर्ने भएको छ। 

ललितपुर प्रहरीले दसैँ, तिहार, र छठलाई मध्यनजर गरी सुरक्षा योजनाका लागि एक हजार ८९ जना जनशक्ति खटाउने योजना गरेको छ। 

चाडपर्वमा भरपर्दो वातावरण सिर्जना गर्नका लागि ललितपुर प्रहरीले सुरक्षा परिचलना गर्न लागेको प्रहरी उपरीक्षक सुधिर राज शाहीले बिएल नेपाली सेवालाई बताए। 

ललितपुर प्रहरीको मुख्य ध्यान सार्वजानिक यातायत, किनमेल स्थानलगायत टिकट काउण्टरमा हुने उनले बताए। 

त्यसैगरी महानगरले सार्वजानिक स्थलमा सादा पोसक लगाएका प्रहरी खटाउने, क्यूआरडी मोटरबाइक ३५ ओटा, मोबाइल भ्यान सीआरपी १६ ओटा, २५ ओटा मोबाइल भ्यान लगायतका सुरक्षा परिचलान गर्ने शाहीले सुनाए। 

‘हामी टिकटको कालोबजारीमा विशेष ध्यान दिनेछौँ’ उनले भने, ‘कालोबजारीलाई नियन्त्रण गर्नेछौँ साथै मदिरा सेवन गरेर सवारी चलाउने मानिसलाई कारबाही पनि गर्नेछौँ।’ 

 

प्रकाशित मिति: : 2022-09-21 13:50:00

प्रतिकृया दिनुहोस्