
विश्व शान्ति दिवसमा अशान्त मन!
बिएल संवाददाता
क्याप्टेन सर टम मूरको कोरोना भाइरस संक्रमणका कारण मंगलवार निधन भएको छ।
दोस्रो विश्वयुद्धमा साहसका साथ लडेर बेलायतलाई अनेकौ युद्ध जिताएका क्याप्टेन मूरको सय वर्षको उमेरमा निधन भएको हो। उनले विश्वका ठूला युद्ध जिते पनि कोरोना भाइरसबाट भने पराजित भएको बिबिसीले जनाएको छ।
क्याप्टेन मूरले कोरोनासँग लड्नका लागि एनएचएस परोपकारी संस्थाका लागि करिव ३ करोड ३० लाख पाउण्ड चन्दा जुटाइदिएका थिए। उनलाई आइतबार श्वास फेर्न गार्हो भएपछि बेडफोर्ड अस्पताल भर्ना गरिएको थियो। पूर्वसैनिक मूरलाई अस्पताल भर्ना गर्नुअघि परिवारले उनीसँग लामो कुराकानी गरेको छोरी हाना इन्ग्रामले बताइन्।
मूरलाई गत साता कोरोना सङ्क्रमण पुष्टि भएको थियो। मूरको निधनप्रति बेलायत सरकारका उच्च अधिकारीले दुःख व्यक्त गरेका छन् तथा परिवारलाई शोक सन्देश पठाएका छन्।
गत जुलाईमा ब्रिटिश महारानीले विन्डसर क्यासलमा आयोजित एक विशेष समारोहमा उनलाइ नाइटहुड प्रदान गरेकी थिइन्। क्याप्टेन टम मूरको बारेमा यसअघि बिएल नेपाली सेवाले विषेश रिपोट तयार पारेको थियो।
यहाँको चिर आत्माले शान्ती पाओस।
अल्विदा क्याप्टन टम मूर !
क्याप्टेन टम मूरको बारेमा यस अघि बीएल नेपाली सेवाले विषेश रिपोट समेत तयार पारेको रिपोर्ट ।
दोस्रो विश्व युद्वका सय वर्षिय वार भेट्रान, जसले कोरोनाविरूद्ध अर्बौं चन्दा संकलन गरे
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया