युएईको सारजाहमा 'दशैं कप–२०२२' आयोजना हुँदै

वडा दशैंको अवसरमा आगामी सेप्टेम्बर २४ तारिख (शनिबार) युएईको सारजाहमा 'दशैं कप–२०२२' फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

युथ स्पोर्टिङ फुटबल क्लबको आयोजनामा संचालन हुने 'दशैं कप–२०२२' प्रतियोगितालाई फ्लाईमोड ट्राभल्स एण्ड टुरिज्मले मुख्य प्रायोजन गरेको छ।

प्रतियोगितामा युएईका विभिन्न राज्यबाट १८ टोली सहभागी हुने आयोजकले जानकारी दिएको छ।

सारजाहस्थित सारजाह वेन्डर्स क्लबको दुई खेल मैदानमा एकसाथ सञ्चालन हुने प्रतियोगिता शनिबार साँझ ८ बजे शुरु हुने बताइएको छ।

बेनिम ईन्टरनेश्नल, स्काईलाईन टेक्नोलोजीज, भाटिका मेन्ज, एभरेस्ट डेलिभरि सर्भिसेस, सयपत्री रेष्टुरेन्ट, क्यान्भास आर्ट, अल नाज्म एड्भर्टाईजिङ, अलअहेलिया एक्सचेञ्ज लगायतको सहयोगमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल नेपाल टाईगर फुटबल क्लब र गोर्खाली फुटबल क्लब यसैगरी नवबुद्द फुटबल क्लब र न्यु बोईज फुटबल क्लबबीच एकै समयमा हुने बताइएको छ। शनिबार रातभरि सञ्चालन हुने खेलको फाईनल आईतबार बिहान हुनेछ।

प्रतियोगिताको विजेता टोलिले ५५ सय दिराम (नेरु करिब १,९०,०००) नगद पुरस्कार, ट्रफि र प्रमाणपत्र पाउने छ भने दोस्रो र तेस्रो हुनेले क्रमशः ३५ सय दिराम (नेरु करिब १,२१,०००) र १ हजार दिराम (नेरु करिब ३५,५००) नगद पुरस्कार , ट्रफि  र प्रमाणपत्र पाउने छन्। प्रतियोगिताको सम्पुर्ण खेलहरु गोल नेपाल र युथ स्पोर्टिङ क्लबको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण हुने आयोजक युथ स्पोर्टिङ क्लबका उपाध्यक्ष एवम् खेल संयोजक राहुल श्रेष्ठले बिएल नेपाली सेवालाई जानकारी दिए।

युएईमा रोजगारी संगै खेल क्षेत्रमा रुचि राख्ने खेलाडीहरु आवद्द भई स्थापना भएको युथ स्पोर्टिङ क्लबले यसअघि 'पहिलो गोर्खाली कप–२०२२' र 'दशैं भेट्रान  कप–२०२१' सफलतापूर्वक सम्पन्न गरिसकेको श्रेष्ठले बताए। 

व्यस्त दिनचर्याबाट बचेको समय खेलक्षेत्रमा लगाएका खेलाडीहरुलाई थप प्रोत्साहित बनाउन भविष्यमा समेत यस्ता खेलकुद प्रतियोगिताहरु आयोजना गरिने उनले बताए।

प्रकाशित मिति: : 2022-09-21 12:53:00

प्रतिकृया दिनुहोस्