चुनावअघि नै काठमाडौंमा मेलम्चीको पानी आउने

सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी चुनावअघि नै काठमाडौंमा वितरण गर्ने तयारी गरेको छ।

वर्षायाममा मेलम्ची खोलाको बाढीले सुरुङमा क्षति पुर्‍याउन सक्ने भन्दै पानी ल्याउन बन्द गरिएको थियो। तर ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसमा निर्वाचनअघि नै पानी ल्याउने गरी तयारी भएको खानेपानी मन्त्रालयले जनाएको छ।

आइतबार खानेपानीमन्त्री उमाकान्त चौधरीसहित मन्त्रालय र मेलम्ची आयोजनाका अधिकारी सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र अम्बाथान जाने तय भएको थियो। तर, मौसम खराब भएका कारण उक्त कार्यक्रम स्थगित भएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: : 2022-09-25 21:38:00

प्रतिकृया दिनुहोस्