एसीसी इमर्जिङ टिम्स एसिया कप

युएईविरुद्ध बलिङ गर्दै नेपाल

श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गतको अन्तिम खेलमा नेपालले युएईविरुद्ध टस हारेर पहिले बलिङको निम्तो पाएको छ।

कोलम्बोमा बिहान सवा १० बजेबाट सुरु हुने प्रतिस्पर्धामा युएईले टस जितेर पहिले ब्याटिङ राजेको हो।

समूह ‘बि’का रहेको नेपाल र युएई समूह चरणबाट बाहिरिएका छन्।

नेपाल यसअघि भएका खेलमा पाकिस्तान ‘ए’ र भारत ‘ए’सँग पराजित भएको थियो।

प्रकाशित मिति: : 2023-07-19 10:08:00

प्रतिकृया दिनुहोस्