प्रदेशसभा ताकेर माओवादी प्रवेश गर्दै इटहरीका 'भाइरल मेयर' चौधरी

नेकपा (एमाले)का नेता तथा इटहरी उपमहानगरपालिकाका 'भाइरल पूर्वमेयर' द्वारिकलाल चौधरी माओवादी प्रवेश गर्ने भएका छन्।

एमालेको सुनसरी जिल्ला अध्यक्षसमेत रहेका उनी प्रदेशसभामा उम्मेदवार बन्ने शर्तमा माओवादी प्रवेश गर्न लागेको बताइएको छ।

प्रचण्डको हातबाट टिका लगाएर पार्टी प्रवेश गर्न चौधरी सुनसरीबाट काठमाडौँ हिँडेका छन्।

गत स्थानीय तहको निर्वाचनमा पुनः मेयर बन्न चाहेका चौधरीलाई पार्टीले टिकट दिएन। टिकट नदिएपछि उनी असन्तुष्ट छन्।

प्रकाशित मिति: : 2022-10-01 15:37:00

प्रतिकृया दिनुहोस्