बिएल संवाददाता
नेपाल र नामिबियाबीच जारी पहिलो लिग–२ सिरिजको खेलमा नेपाल नामिबियाविरूद खराब सुरूआत गरेको छ।
नेपालले ४ विकेट गुमाउँदै ३२ रन बनाएर खेलीरहेको छ। नेपालले पहिलो बलमै पहिलो विकेट गुमाउन पुगेको थियो। नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै शून्य रन बनाउँदै आउट भएका थिए। नामिबियालाइ पहिलो सफलता रुबेन ट्रम्पलम्यानले दिलाएका थिए।
उनले कुशललाइ गरेरे सफलता हात पारेका थिए। नेपालका अनिल साह भने ८ रन बनाएर आउट भए। अनिलले ६ बलमा दुइ चौका प्रहार गरेका थिए। उनलाई पनि नामिबियाको ट्रम्पलम्यानले एलबीडब्लू आउट पारे। त्यस्तै, नेपालका अर्को ओपनर अशिफ शेख ४ रन बनाएर मैदान बाहिरे।
अशिफले ११ बलमा ४ रन बनाएका थिए। चार रन बनाउने क्ममा उनले १ चौका पनि प्रहार गरे। उता, नामिबियाको लागि तेसो सफलता ज्याक ब्रेसलले दिलाए। ब्रेसलले अशिफलाई जेजे स्मिटबाट क्याच आउट गराए।
यता, नेपालका कप्तान रोहित पौडेल आउट भएसँगै नेपालले आफनो चौथो विकेट गुमायो। रोहित १३ बलमा १ रन मात्र बनाएर आउट हुन पुगे। कप्तानलाइ ब्रेसलले सहजै आउट गरे।
क्जिमा अहिले भीम सार्की ११ तथा कुशल्ल मल्ल ५ रन बनाएर खेलीरहेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया