भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले लगाएनन् टीका

फाइल तस्विर
फाइल तस्विर

प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन्। भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएकाे र अरुलाई पनि टीका नलगाइदिएकाे प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन। भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाइदिएका हुन्।

प्रकाशित मिति: : 2022-10-05 15:22:00

प्रतिकृया दिनुहोस्