सिजलको उम्मेदवारी निष्क्रिय बनाउछौं– वर्षमान पुन

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सत्तारुढ गठबन्धनका तर्फबाट रोल्पाको प्रतिनिधिसभाका उम्मेदवार वर्षमान पुनले गठबन्धनविरुद्ध बागी उम्मेदवार हालेका माओवादी नेता दिपेन्द्र कुमार पुन ‘सिजल’को उम्मेदवारी निष्क्रिय बनाउने बताएका छन्।

लोकतान्त्रिक–बाम गठबन्धन निर्वाचन परिचालन समिति रोल्पाले शनिवार लिबाङस्थित नेपाली काँग्रेसको पार्टी कार्यालय सुशिल कोइराला स्मृति भवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाल्दै पुनले यस्तो बताएका हुन्।

‘म पार्टीको केन्द्रीय जिम्मेवारीमा व्यस्त थिए, उम्मेदवारी दर्ताको दिन वर्षाका कारण नेटवर्क समस्याले सिजल जीसँग राम्रोसँग कुरा हुन सकेन’ उनले भने, ‘आज विहान मात्रै हाम्रो भेटभयो अध्यक्ष कमरेड प्रचण्डसँग पनि सिजलजीको कुरा भएको छ। उहाँले म पार्टीमै बस्छु र पार्टीको निर्णय मान्छु भन्नु भएको छ।’

सिजलले लगभग मानिसकेको भएपनि नेता भनेको केहि जनता र कार्यकर्ताको साथमा हुने भएकाले उनीहरुको आक्रोसलाई बुझ्दै केहि दिनपछि सबैजना गठबनधनलाई नै सघाउन आउने पुनले बताएका छन्। ‘सम्भवत अबको दुई–चार दिनमै उहाँ हामीसँगै गठबन्धनलाई भोट माग्न हिड्नु हुन्छ,’ पुनले भने।

सिजलको उम्मेदवारी निष्क्रिय बनाउने प्रक्रिया सुरु भइसकेकाले यसमा धेरै शंका नगरी ढुक्क हुन समेत उनले आग्रह गरेका छन्। रोल्पा बाहेक माओवादी कमजोर भएका अन्य जिल्लामा पनि माओवादीले सिट पाएको भन्दै रोल्पामा एउटा सिट काँग्रेसलाई दिनु स्वभाविक भएको पनि नेता पुनको भनाइ छ।

पत्रकार सम्मेलनमा बोल्दै गठबन्धनका तर्फबाट रोल्पा प्रदेशसभा ‘ख’का उम्मेदवार तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गठबन्धन केन्द्रबाटै भएकाले कार्यकर्ताहरुमा आक्रोस आउनु स्वभाविक भएको बताएका छन्।

‘स्थानीय तहमा गठबन्धन भएन अहिले आफूले पाउनको लागि गठबन्धन गर्यो भन्छन्’ पुनले भने ‘यो मेरो रहरले भएको हैन, पार्टीको निर्णय हो।’ पार्टीको तर्फबाट अघिल्लो पटक आफू प्रतिनिधिसभाको चुनाव लडेको भन्दै सभापनि पुनले हारेपनि आफू लड्न तयार भएपनि पार्टीको निर्णय अनुसार गठबन्धन गर्नु परेको उल्लेख गरेका छन्।

‘गठबन्धनेको विरोध मात्र गरेर हुदैन्’ पुनले भने ‘हामीले अब रोल्पाको विकास र समृद्धिका लागि काम गर्नुपनेछ।’ रोल्पाको विकासका लागि गठबन्धन दलहरुबीच मात्रै नभएर अन्य दलहरुसँग पनि सहकार्य गर्नुपर्ने सभापति पुनको भनाइ छ।

रोल्पामा सबै दलहरु मित्रवत रुपमा चुनावी प्रतिष्पर्धा गरे भनेर अन्य जिल्लालाई देखाउनुपर्छ पुनले भने।

यस्तै प्रदेशसभा ‘क’का उम्मेदवार जोखबहादुर महराले गठबन्धन निश्चित उद्देश्यका साथ भएकाले सबै रोल्पालीले गठबन्धनलाई बहुमतका साथ विजयी गराउन आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2022-10-15 15:20:00

प्रतिकृया दिनुहोस्

    यो बर्षमानकै रणनिति हो माओबादिको बिरासत पनि जोगाउनु छ आफु पनि चुनाब जित्नु छ

    • एक बर्ष अगाडि
    • David