संविधानको रक्षा, राजनीतिक स्थायित्व र समृद्धिका लागि गठबन्धन : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उप-महासचिव वर्षमान पुनले मुख्यगरी तीन वटा एजेण्डाका लागि लोकतान्त्रिक–बाम गठबन्धन भएको बताएका छन्।

प्रतिनिधिसभाका लागि रोल्पाबाट उम्मेदवार समेत रहेका नेता पुनले लोकतान्त्रिक–बाम गठबन्धन निर्वाचन परिचालन समिति रोल्पाले शनिबार लिबाङस्थित नेपाली काँग्रेसको पार्टी कार्यालय सुशिल कोइराला स्मृति भवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन्।

राजनीतिक स्थिरता, सुशासन र विकासका लागि गठबन्धन आवश्यक रहेको बताए।

‘देशमा अझैपनि प्रतिगमन, अस्थिरता र सुशासन नभएकाले गठबन्धन आवश्यक परेको हो’, पुनले भने, ‘मुख्यगरी संविधानको रक्षा, राजनीतिक स्थायित्व र समृद्धिका लागि यो गठबन्धन आवश्यक भएको हो।’

यस्तै विस्तृत शान्ति सम्झौताका बाँकी काम पूरा गर्नका लागि पनि यो गठबन्धन भएको उनको भनाइ छ। दुई तिहाइ बहुमतसहित यो गठबन्धनले संविधानमा आवश्यक परेमा संशोधन समेत गर्न सक्ने पनुले बताए।

प्रकाशित मिति: : 2022-10-15 18:26:00

प्रतिकृया दिनुहोस्