युगांडामा इबोलाबाट २४ जनाको मृत्यु

File Photo
File Photo

युगांडामा इबोलाका कारण थप पाँच जनाको मृत्यु भएको छ। योसँगै   इबोलाका कारण मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ। 

इबोलाका कारण केही स्थानमा लकडाउन घोषणा गरिएको छ। इबोला प्रकोपको केन्द्रविन्दुमा रहेका दुई जिल्लामा लकडाउन घोषणा गरिएको छ। ती स्थानको यात्रामा तालाबन्दी, व्यक्तिगत यात्रामा रोक र रातको समयमा कर्फ्यू आदेश लगाइएको छ। त्यस्तै, सार्वजनिक स्थानहरू बन्द गरिएको छ। 

प्रकाशित मिति: : 2022-10-19 09:08:00

प्रतिकृया दिनुहोस्