सूर्यग्रहणबाट जनता जोगाउन अमिताभ र धर्मेन्द्रको फिल्म !

आज सूर्यग्रहण लाग्दैछ। यसपटक सूर्यग्रहण हेर्न मानिसहरु उत्साहित छन्।  उनीहरु चस्मा तथा अन्य प्रविधिको माध्यमबाट ग्रहण हेर्ने तयारीमा छन्। तर धेरै अघि यस्तो अवस्था थिएन।

प्रविधिको विकास नहुँदा सूर्यग्रहणलाई नांगो आँखाले हेर्नु हुँदैन भन्ने मान्यता थियो, किनकी यसका किरण घातक हुन्थे। यो थाहा हुँदा हुँदै पनि मानिसहरु ग्रहण हेर्न घरबाट बाहिर निस्कन्थे।

यहीकारण ४४ वर्षअघि भारत सरकारले सूर्यग्रहण हेर्न आम मानिसलाई रोक्नका लागि एक अनौठो उपाय अपनाएको थियो।

यो कुरा १६ फेब्रुअरी १९८० को हो। त्यो दिन सूर्यग्रहण थियो। सरकारलाई आफ्ना नागरिक बिना कुनै सुरक्षा घरबाहिर निस्किएर ग्रहण हेर्लान् र त्यसको असर उनीहरुमा पर्ला भन्ने चिन्ता थियो। त्यसपछि सरकारले मानिसलाई घरभित्रै बसाउनका लागि फिल्म उद्योगको सहयोग लियो। सरकारले दुरदर्शनमा अमिताभ बच्चन र धर्मेन्द्रको फिल्म ‘चुपके चुपके’ देखाउने निर्णय लियो।

त्यो समयमा टेलिभिजनमा आइतबार फिल्म देखाइन्थ्यो। यो समयमा टेलिभिजनमा फिल्म हेर्न पाउनु एउटा छुट्टै क्रेज थियो। तर शनिबार सूर्यग्रहण परेपछि सरकारले शनिबार नै टेलिभिजनमा फिल्म देखाउने निर्णय लियो। जसकारण जनता खुशी भए।

सन् १९७८ मा रिलिज कमेडी फिल्म ‘चुपके चुपके’मा शर्मिला टैगोर र जया बच्चनको पनि अभिनय थियो। ऋषिकेज मुखर्जी निर्देशित फिल्ममा धर्मेन्द्रले ड्राइभर प्यारे मोहन र प्रोफेसर परिमल त्रिपाठीको भूमिका निर्वाह गरेका थिए।

प्रकाशित मिति: : 2022-10-25 12:05:00

प्रतिकृया दिनुहोस्