रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ घाइते

रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरमा आज दिउँसो ३ बजे जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएकाे छ। 

सुलिचौरबाट गजुलका लागि छुटेको लु १ ज ३२३४ नम्बरको फोर्स गाडी बजार नजिकै सेवाकेन्द्र भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

ब्रेक फेल भएर बाटोबाट करिब एक सय मिटर तल खस्दा गाडीमा सवार दाङ घोराही घर भएका ६० वर्षका नारायण रिजाल, ५८ वर्षका विष्णु रिजाल र ५० वर्षकी फाम्सी केसीको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी विनोद घिमिरेले जानकारी दिएका छन्।

मृतक तथा घाइतेहरू तिहार मनाउन आफन्त कहाँ आउँदै गरेको बताइएको छ। यस्तै, गाडीमा सवार १२ जना घाइतेहरू मध्ये ५ जना सामान्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भइरहेको छ भने ७ जना गम्भीर घाइतेको कोहलपुर रिफर गरिएको छ।

दुर्घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटेको प्रहरी टोली र स्थानीयले घाइतेको उद्धार गरेका थिए।

प्रकाशित मिति: : 2022-10-26 18:00:00

प्रतिकृया दिनुहोस्