प्यू रिसर्च सेन्टरकाे प्रतिवेदन:

अबकाे तीन दशकमा क्रिश्चियनकाे संख्या दुई तिहाइ घट्ने, यहुदीभन्दा मुस्लिम बढी हुने

photo: Agency
photo: Agency

एक तथ्यांकले अबकाे तीन दशकपछि अर्थात् सन २०५०मा विश्वमा क्रिश्चियन र इस्लामहरुकाे जनसंख्यामा बराबर हुने देखाएकाे छ।

प्यू रिसर्च सेन्टरकाे प्रतिवदेनअनुसार संसारकाे धार्मिक प्राेफाइल द्रुत गतिमा परिवर्तन हुँदैछ, जसकारण अबकाे तीन दशकमा संसारमा क्रिश्चियन र इस्लाम धर्मावलम्बीहरु बराबर हुनेछन्।

यसको मुख्य कारण प्रजनन दर, युवा जनसङ्ख्याको आकारमा भिन्नता र मानिसले गरेको धर्म परिवर्तन रहेको बताइएको छ।

जसअनुसार आगामी चार दशकहरूमा इसाईहरू सबैभन्दा ठुलो धार्मिक समूह रहनेछन् तर यस अवधिमा इस्लाम अन्य धर्महरूको तुलनामा तीव्र गतिमा बढ्नेछ। यदि अवस्था यस्तै रह्यो भने सन् २०५० सम्ममा विश्वभर मुस्लिमहरुको संख्या लगभग क्रिश्चियनको संख्या बराबर हुनेछ।

संयुक्त राज्य अमेरिका र फ्रान्सजस्ता देशहरूमा नास्तिक, अज्ञेयवादी र कुनै पनि धर्मसँग सम्बद्ध नभएका मानिसहरूको संख्या बढ्दै गएको छ। तर, २०५० मा विश्वव्यापी बौद्ध जनसंख्या लगभग २०१०मा जस्तै हुनेछ। जबकि, हिन्दु र यहुदी जनसंख्या आजभन्दा ठुलो हुनेछ।

संयुक्त राज्य अमेरिकामा इसाईको जनसंख्या २०१०को भन्दा तीन चौथाइबाट २०५० मा दुई तिहाइमा घट्नेछ। यहुदी धर्म अब अमेरिकामा सबैभन्दा ठुलो गैरक्रिस्चियन धर्म हुने छैन। अमेरिकामा धर्मको आधारमा यहुदी भनेर चिनाउनेहरू भन्दा धेरै मुस्लिमहरू हुने देखिएको छ।

सन २०१० र २०५०को बिचमा कुल विश्व जनसंख्या ३५ प्रतिशतले बढेर ९.३ बिलियन हुने अपेक्षा गरिएको छ। यसैबीच, उच्च प्रजनन दरका कारण, मुस्लिमहरूको युवा जनसंख्या अन्य धर्महरूको तुलनामा छिटो बढ्नेछ।

युरोपमा कुल जनसंख्याको १० प्रतिशत मुस्लिम हुनेछन्। सन् २०५०मा भारतमा हिन्दु बाहुल्यता कायम रहनेछ। तर, इन्डोनेसियालाई पछाडि छोडेर विश्वको कुनै पनि देशको तुलनामा यो सबैभन्दा बढी मुस्लिम जनसंख्या हुनेछ।

प्यू रिसर्चकाअनुसार सन् २०५०मा विश्वका हरेक १०मध्ये चार क्रिश्चियन सब–सहारा अफ्रिकामा बस्नेछन्। यस प्यू रिसर्च सेन्टरले विश्वभर मानिसको बढ्दो जनसंख्याको अनुमान गरेको हो।

- एजेन्सी

प्रकाशित मिति: : 2024-03-16 08:03:00

प्रतिकृया दिनुहोस्