रानीपाेखरीमा भाइटीका लगाउनेकाे घुइँचाे (तस्बिरहरू)

शनि शाक्य

काठमाडौं

आज भाइटीका। दाजु-भाइ तथा दिदी-बहिनीहरु नहुनेले रानीपोखरीस्थित बालगोपेश्वर मन्दिरमा गएर टिका ग्रहण गरेका छन।

आज बिहानैदेखि रानीपोखरीमा टीका लगाउनेहरु भीड बढेको छ। भाइ-टीकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढने क्रम जारी छ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्।

वि.सं. २०३५ पछि नियमितरूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो।

प्रकाशित मिति: : 2022-10-27 12:06:00

प्रतिकृया दिनुहोस्