कंगनाको सांसद बन्ने चाहाना

Newindiaexpress.com
Newindiaexpress.com

कंगना रनौत बलिउडको चर्चित अभिनेत्रीमध्ये एक हुन्। आफ्नो ट्यालेन्ट र ग्ल्यामरस स्टाइलका कारण इन्डस्ट्रीमा पहिचान बनाएकी छिन्।‘क्वीन’  अफ बलिउडको उपाधि समेत प्राप्त गरेकी कंगनाको सांसद बन्ने चाहना रहेको छ। 

भारतीय मिडियाका अनुसार एक मिडिया ग्रुपसँगको कार्यक्रममा उनले आफ्नो राजनीति प्रतिको झुकाव रहेकाे बताएकी हुन्। राजनीतिमा प्रवेश गरेर लोकसभा सांसद बन्ने उनको सोच छ। उनले भाजपाले चाहेमा आफू चुनाव लड्ने समेत बताएकी छिन्। चुनावका लागि आफ्नो पहिलो रोजाइ हिमाञ्चल प्रदेशको मन्डी रहने उनले बताएकी छन्।

कार्यक्रममा उनलाई सर्वसाधारणले सक्रिय राजनीतिमा आउन चाहनुहुन्छ भन्ने प्रश्न राखेका थिए। ‘यदि हिमाञ्चलका जनता र भाजपाले चाहेमा जनताको सेवाका लागि हिमाञ्चलको मन्डी सिटबाट आगामी लोकसभा चुनाव लड्न सकिन्छ’ उनले जवाफमा भनेकी थिइन्।

प्रकाशित मिति: : 2022-10-31 12:32:00

प्रतिकृया दिनुहोस्