आइसीसी लिग–२

नेदरल्यान्ड्समाथि नेपालको सानदार जित

आइसीसी लिग–२ अर्न्तगत नेपालले दोश्रो खेलमा नेदरल्यान्ड्समाथि सानदार जित हात पारेको छ।

शनिबार भएको खेलमा नेपाल ९ विकेटले विजयी भएकाे हाे जितको लागि १३८ रनको लक्ष्य पछ्याएकाे नेपालले १५.१ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।

नेपालका दुई खेलाडी ओपनर अशिफ शेख र अनिल साहले अर्धशतकिय पारी खेले। ओपनर अशिफले ४५ बलमा ५४  रन बनाउँदै नटआउट रहे। उनले १ छक्का र ८ चौका प्रहार गरे।

त्यस्तै, नेपालका अनिल साहले ३४ बलमा ५३ रन बनाउँदै नटआउट रहे।

उनले ४ छक्का र ६ चौका प्रहार गरे। नेपालका ओपनर कुशल भुर्तेल २८ रन बनाएर आउट भएका थिए। उनले ११ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै आउट भए।

त्यसअघि त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ३८.५ ओभरमा १३७ रन बनाउँदै अलआउट भएको थियो। नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटल  शन्यू रनमा आउट भएका थिए।

यस्तै म्याक्स ओ’डाउड रनआउट भएका थिए भने नेदरल्यान्ड्सका साइब्रान्ड एंगलब्रेक्ट २३, बास डे लिड २७ रनमा आउट भएका थिए। तेस्तै, कप्तान स्कट एडवार्डस १२ रनमा आउट भए।

यता, नेपालको लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए। ललित राजवंशीले २ विकेट लिँदा सोमपाल कामी, कुशल मल्ल, कप्तान रोहित पौडेलले १–१ विकेट लिएका थिए।

यसअघि आइसीसी लिग–२ अर्न्तगत नामिबियासँग भएको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो।

प्रकाशित मिति: : 2024-02-17 13:51:00

प्रतिकृया दिनुहोस्