काठको पिर्काले हानेर छोराले गरे बुवाको हत्या

Symbolic photo
Symbolic photo

घरायसी विवादमा काठको पिर्का प्रहार गर्दा रोल्पामा एक जनाको ज्यान गएको छ।

त्रिवेणी गाउँपालिका–४ का २३ वर्षीय सन्दिप घर्तीले पिर्का प्रहार गर्दा उनका ५४ वर्षका बुवा मानसिंह घर्तीको ज्यान गएको प्रहरीले जनाएको छ।

सोमबार बिहान ९ बजे घरको भान्सा कोठामा बसेर रक्सी सेवन गरिरहेका उनीहरुबीच घरायसी कुरामा विवाद हुँदा सन्दिपले पिर्का प्रहार गरेका थिए।

काठको पिर्काले टाउकोमा हान्दा मानसिंहको घटनास्थलमै मृत्यु भएको र घटना स्थलमा प्रहरी टोली पुगेर सन्दिपलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी चौकी जुँगारले जनाएको छ।

प्रकाशित मिति: : 2022-11-07 13:07:00

प्रतिकृया दिनुहोस्