गायक हरि डि.सीको नयाँ गीत ‘राजनीतिले बिगार्याे मलाई’ सार्वजनिक भएको छ।
गीतले तथाकथित जनयुद्धको उद्गम स्थल रोल्पाको यथार्थ पीडालाई उजागर गरेको छ।
उक्त गीत आइतबार हरि डिसी युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
गीतमा शब्द–संगीत र स्वर उनै डिसीको रहेको छ भने गीत छायाँकन अनिश जीएमको रहेको छ।