उम्मेदवारको निधन भएपछि मोरङ ३ ‘क’ मा कांग्रेसले नयाँ उम्मेदवार बनाउने

नेपाली कांग्रेसबाट मोरङको क्षेत्र नम्बर ३ को प्रदेश ‘क’ मा उम्मेदवार बनेका शेखरचन्द्र थापाको निधन भएपनि निर्वाचन तोकिएकै समयमा हुने भएको छ।

निर्वाचन आयोगले नयाँ उम्मेदवारको मनोनयन प्रक्रिया अघि बढाएर तोकिएकै समयमा निर्वाचनको कार्यक्रम तय गर्ने भएको हो।

निर्वाचन आयोगका प्रवक्ता शालीग्राम पौडेलका अनुसार अब यो क्षेत्रमा कांग्रेसले नयाँ उम्मेदवारको मनोनयन प्रक्रिया अघि बढाउने छ। उनले निर्वाचन ऐनअनुसार उम्मेलवार एक साताअघि नै निधन भएकाले नयाँ कार्यक्रम तय गरेर निर्धारित मितिमा नै चुनाव गर्ने जानकारी दिए।

मृत्यु भएका उम्मेदवारको दलले मात्र नयाँ मनोनयन गर्न पाउने शर्माले बताए। उनले भने, ‘नयाँ उम्मेदवारको मनोनयन, दाबीविरोध, फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढाउँछौँ। मृत्यु भएका उम्मेदवारको दलले मात्र नयाँ मनोनयन गर्न पाउन भएकाले छोटो प्रक्रियाबाट मंसिर ४ गते नै निर्वाचन हुन्छ।’

उम्मेदवारको निधन भएको औपचारिक जानकारी आउन साथ आजैबाट प्रक्रिया सुरु गर्ने शर्माले जानकारी दिए।

गम्भीर प्रकारको नियोनियाबाट ग्रसित भएका प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्रीसमेत रहेका थापाको उपचारका क्रममा बुधबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो।

प्रकाशित मिति: : 2022-11-09 13:31:00

प्रतिकृया दिनुहोस्