‘डिसेम्बर फल्स’काे ‘फकाउनै जानिनँ’ गीत सार्वजिनक

‘डिसेम्बर फल्स’को नयाँ गीत  ‘फकाउनै जानिनँ’ रिलिज भएको छ।

आगामी पुस १५ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको फिल्म रोमान्टिक गीत भक्तपुर दरबार क्षेत्रसहितका आकर्षक सांस्कृतिक सम्पदा स्थलमा खिचिएको गीतमा फिल्मका प्रमुख कलाकार आर्यन सिग्देल र उपासना सिंह ठकुरी फिचर्ड छन्।

गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र निशान भट्टराईको स्वर समावेश छ। रामजी लामिछानेको नृत्य निर्देशन रहेको गीतको भिडियो डान्सिङ ट्रयाक समेत हो।

यो गीतको छायांकन उपासनाको पहिरनको कारणले समेत चर्चा र विवादमा आएको थियो।

प्रकाशित मिति: : 2022-11-29 13:18:00

प्रतिकृया दिनुहोस्