भाेलि सत्ता गठबन्धनको बैठक बस्दै, चुनावको समीक्षा र नयाँ सरकार गठनबारे छलफल हुने

सोमबारका लागि सत्ता गठबन्धनको बैठक बोलाइएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो ३ बजे बस्ने गरी सत्ता गठबन्धनको बैठक बोलाइएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए। आम निर्वाचनपछि पहिलो पटक गठबन्धनको बैठक बस्न लागेकाे हाे।

उनका अनुसार बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठनलगायत महत्वपूर्ण विषयमा छलफल हुने छ।

भाेलिकाे बैठकमा माओवादी सरकारमा जाने/नजाने विषयकाे टुंगाे लाग्ने महासचिव गुरुङले बताए।

प्रकाशित मिति: : 2022-12-04 18:14:00

प्रतिकृया दिनुहोस्