भारतीय अभिनेत्री दीपिका पादुकाेणले लगाएकाे पहिरनलाई लिएर विवाद भएकाे छ।
शाहरुख खान र दीपिका पादुकाेण अभिनीत चलिचत्र ‘पठान’काे ‘बेसरम रङ’ गीतमा दीपिकाले लगाएकाे पहिरनलाई लिएर विवाद भएकाे हाे। उक्त गीतकाे बिकिनीको रङ तथा डान्स स्टेपले विवादित बनेकाे छ।
‘बेसरम रङ’मा दीपिकाले लगाएकाे बिकिनीकाे रङ हिन्दू धर्मको पूजाआजामा प्रयोग गरिन्छ भने सत्तारुढ दल बीजेपीले पनि यो रङलाई प्रयोग गर्दै आएको छ।
‘पठान’काे यसै गीतमा लगाएकाे पहिरनकाे रङलाई लिएर मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले दृश्य नहटाए फिल्म रिलिज रोक्ने चेतावनी दिएका छन्।
‘पठानका केही दृश्य विषालु मानसिकतामा आधारित छन्,’ उनले भने, ‘बेसरम रङ गीतमा प्रयोग भएको पहिरनको रङको कपडा प्रयोग गर्नु गलत छ। यदि दृश्यपरिवर्तन नगरिए मध्यप्रदेशमा रिलिज आवश्यक छैन।’