एमाले प्रदेश १ को सचेतकमा भण्डारी चयन 

नेकपा एमालेले प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारीलाई सर्वसम्मत चयन गरेको छ।

बिहीबार बसेको संसदीय दलको बैठकले भण्डारीलाई प्रमुख सचेतक चयन गरेको हो। 

भण्डारी सुनसरी २(१)  बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

प्रदेश १ को प्रदेशसभामा प्रत्यक्षमा २५ र समानुपातिकमा १५ गरी एमालेका ४० संसद छन्।

हिक्मतकुमार कार्कीलाई एमालेले यसअघि नै सर्वसम्मत संसदीय दलको नेता चयन गरिसकेको छ।
 

प्रकाशित मिति: : 2023-01-05 16:02:00

प्रतिकृया दिनुहोस्