प्रदेश–१ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले दाबी पेश गर्दै 

नेकपा (एमाले) प्रदेश–१ का संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्। कार्कीले आज दिउँसोसम्म दावी पेश गर्ने तयारी गरेका छन्। 

काठमाडौंमा शिर्ष नेताहरुको छफफल भइरहेको र निर्णय आएपछि मात्रै दावी लिएर प्रदेश प्रमुमसमक्ष जाने एमालेले बताएको छ। 

मुख्यमन्त्रीमा दाबी पेश गर्न चाहिने कागजी दस्तावेज तयार भइसकेको एमाले प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले जानकारी दिएका छन्। 'सत्ता साझेदारी दलहरुको सहभागितामा दावी पेश गरिन्छ, हामी त्यसको तयारीमा लागिरहेका छौ,' उनले भने। 

९३ सदस्यीय प्रदेशसभामध्ये ६० जना प्रदेशसभा सदस्यको समर्थनमा दावी पेश गर्ने एमालेको तयारी छ। एमाले ४०, माओवादी १३, राप्रपा ६ र जसपा १ गरी एमाले गठबन्धनसँग ६० संसद छन्। सरकार गठन गर्नका लागि ४७ जना आवश्यक पर्छ। 

प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको लागि दावी पेश गर्न आह्वान गरेका थिए। दलहरुबीच सहमति भए एमालेका कार्की नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुँनेछन्।

प्रकाशित मिति: : 2023-01-08 09:33:00

प्रतिकृया दिनुहोस्