महँगीकाे मार

हामी हेरेरमात्रै बसेका छैनौँ, बजारकाे अवस्था चाँडै ठिक पार्छौं– अर्थ समितिका सभापति चालिसे

BreaknLinks
BreaknLinks

२०७७ सालमा विश्वव्यापी कारोना महामारी फैलियो। त्यसपछि विश्वभर आर्थिक मन्दी भयो। कोरोना महामारी सकिएको दुई वर्ष भइसकेको छ। तर, यो दुई वर्षमा पनि व्यवसायमा देखिएको आर्थिक मन्दीले लय समात्न सकेको छैन।

बरु महँगी बढिरहेको छ। ९० रुपैयाँ पर्ने चिनीको मूल्य १४० सम्म पुगेको छ। दुई हजार पर्ने चामल २४ सय पुगेको छ। १० रुपैयाँमा पाइने साग ४० रुपैयाँ पुगेको छ। पेट्रोलियम पदार्थको मूल्य दुई महिनामै चार पटक बढिसकेको छ।

यसले नागरिकको ढाड सकेको छ। बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्ने र नागरिकको आम्दानीमा झनै ह्रास आउँदा बजार चलायमान हुन सकेको छैन। जुन दृष्य दसैं भित्रिँदासमेत बजार चलायमान हुन नसकेको अवस्थाले देखाउँछ।

अहिले महँगीले उपभोक्ता बजारमा छिर्न सक्ने अवस्था छैन। खाद्यान्न पनि जथाभावि मूल्यबृद्धि भएको बताइन्छ। यसको नियन्त्रण गर्नुपर्ने अवाज उठिरहेको छ। तर, सरकारले यसको नियमन गर्न सकेको देखिँदैन।

बजारमा भएको मूल्यवृद्धि, कोरोना सकिएको दुई वर्षसम्म पनि व्यापार व्यवसायमा हुन नसकेको सुधारलगायत विषयमा संसदको अर्थ समितिका सभापति सन्तोष चालिसेसँग जवाफ खोजेका छौँ।


मूल्यवृद्धिको कारण नागरिकहरु समस्यामा छन्। यसलाई अर्थ समितिले कसरी हेरेको छ?

अहिले बजार चलायमान छैन। करिब ४० प्रतिशत सटर बन्द अवस्थामा छन्। जब कामहरु बन्द हुन्छन्, अनि स्वतः आम्दानी घट्छ। एक–दुई–तीन गरेर अहिले सबैको अवस्था त्यस्तै भइरहेको छ। व्यापार एकदम डामाडोल भएको छ। तर, पनि अर्थमन्त्रीज्यूले अर्थतन्त्र चलायमान हुन्छ भनिरहनु भएको छ। सूचकहरु पनि सकारात्मक छन्। रेमिटान्स पनि राम्रै आइरहेको छ। सञ्चिति पनि राम्रै छ।

घर जग्गा कारोबार रोकिँदा पनि मान्छेहरुको जीवनमा फरक परेको थियो। अहिले घर जग्गाको बिक्री पनि खुलाएको अवस्था छ। त्यसले बजार चलायमान गराउँछ। अब केही दिनभित्र बैंकहरुको व्याजदर पनि फेरफेर हुन्छ। यसले पनि केही सकारात्मक वातावरण ल्याउँछ।

ठ्याक्कै कहिलेसम्म सकारात्मकता आउँछ?

पहिला घर जग्गा किनरबेच रोक्नुपर्ने बाध्यात्मक अवस्था थियो। त्यतिबेला जथाभावी घर जग्गा बिक्री हुँदा वातावरण बेजोग अवस्थामा थियो। त्यही भएर रोकिएको हो। तर, जग्गाको किनबेचबाट एउटा साइकल पसलसम्म असर पर्छ भन्ने कुरा थाहा भयो।

एउटाले जग्गा बेच्छ। अर्कोले किन्छ। त्यो पैसा बजारमा जान्छ। अनि, बिचमा दलाली गर्नेले पनि त्यही किसिमले पैसा बजारमा लैजान्छ। त्यो पैसा म:म पसलदेखि साइकल पसलसम्म चलायमान हुन्छ। अब त्यो जग्गाको कारोबारको जरो सुक्नाले म:म पसलदेखि साइकल पसलसम्म सुकेको छ। सबै रेस्टुरेन्टहरु सुकेका छन्। मानिसहरु बजारमा जान सक्ने अवस्था छैन। एकातिर बजारको मार छ, अर्कोतिर क्राय शक्ति घटिरहेको छ। अब यसलाई चलायमान गराउन कसरी सकिन्छ भन्ने विषयमा हामीले समितिको १३औँ बैठकमा अर्थमन्त्रीज्यूलाई बोलाएर छलफल गर्दैछौँ।

तपाईंहरुको कामलाई नागरिकले कसरी विश्वास गर्ने?

यो समस्या हामी कहाँमात्र होइन, विश्वमा नै असर परेको छ। इङ्ल्याण्डमा शतप्रतिशतभन्दा माथि गएको छ बजार महँगी। इङ्ल्याण्डजस्तो ठाउँमा पनि क्राय शक्ति डाउन भएर गइरहेको छ। अहिले कहिँ पनि बजार चलायमान छैन। त्यहाँ पनि मान्छेहरुले खर्च गर्न नसकेर हंगमा हुने अवस्था छ। महँगी त विश्वभर नै छ। आर्थिक मन्दी भए पनि अरु देशहरु आफ्ना वस्तुहरु बिक्री गर्ने भएको हुनाले र हामीहरु किन्नेमात्र भएको हुनाले हामीलाई गाह्रो परेको हो। हामी किनेरमात्र खाने गर्छौँ, हामीसँग बिक्री गर्ने केही पनि छैन।

त्यसैले गर्दा बैंकले सस्तो व्यजदरमा ऋण दियो भने मान्छेले उद्योग खोल्छ, व्यापार गर्छ। त्यो व्यापार गरेपछि सामानहरु बिक्छन्। अनि, हरेक सटरहरु खुल्न थाल्छन्। अहिले त आँट नै गर्न नसक्ने व्याजदर छ। पैसा राख्दा ४ प्रतिशतमात्र पाइने, लिन जाँदा १६ प्रतिशत तिर्नुपर्ने अवस्था छ। जबकि ५ प्रतिशतभन्दा धेरै डिफ्रेन्स (फरक) गर्न पाइँदैन। तपाईंले पैसा राखेर ४ प्रतिशत पाउनुहुन्छ भने तपाईंले लिँदा ९ प्रतिशतमात्र तिरे पुग्नपर्ने हो। हामीले यो कुरालाई धेरैपटक समाइसक्यौँ। राष्ट्र बैंकका गर्भरले हामीलाई वचनवद्धता पनि गर्नुभएको थियो। उहाँले पनि आवश्वासमात्र दिनुहुन्छ। काम गर्नुभएको छैन। अब हामी त्यसरी हेरेर बस्दैनौँ, चाँडैभन्दा चाँडै बजार चलायमान गराउँछौँ। त्यति आत्तिनुपर्ने अवस्था छैन। अर्थतन्त्र लाइनमा आउँछ।

तपाईंको कुराबाट नागरिकहरु विश्वस्त हुने त?

हो त, हिजो बेलुका मूल्यवृद्धि भएपछि हामीले हंगमा गरेको हो। संसद अवरोध गर्ने भनेपछि मन्त्रीपरिषद् बैठक बसेर मूल्यवृद्ध फिर्ता लिएको अवस्था छ।

...भनेपछि नागरिक विश्वस्त हुन्छन्?

हुनुपर्छ, हामी कहाँ त्यतिकै छोड्छौँ त, नत्र त खत्तम भइहाल्छ नि।

प्रकाशित मिति: : 2023-10-01 19:30:00

प्रतिकृया दिनुहोस्