केन्द्रको निर्णय करेक्सन हुन्छ, प्रदेशको नेतृत्व आलोपालो : राम कार्की

File Photo
File Photo

नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले प्रदेश १ को सरकार सञ्चालनको विषयमा भएको निर्णय करेक्सन हुने बताएका छन्।

माओवादी प्रदेश १ का इन्चार्जसमेत रहेका कार्कीले प्रदेश सरकारको नेतृत्व पूरा कार्यकाल एमालेलाई दिने निर्णय सच्चिने बताए।

प्रदेश १ सरकारको नेतृत्व एमाले र माओवादीले आलोपालो गर्ने उनको भनाई छ। केन्द्रले गरेको निर्णय सच्च्याउन पहल भइरहेका बताउँदै कार्कीले भने, ‘हामीले अध्यक्ष प्रचण्डसँग कुरा गर्दा उहाँले हिजो साँझ भएको निर्णय करेक्सन हुन्छ भन्नुभएको छ।’

माओवादी एमालेको इसारामा चल्ने पार्टी नभएका उनले बताए। प्रदेशको नेतृत्व आलोपालो गर्ने पूर्व सहमति उल्ट्याइएको भन्दै माओवगादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले निर्णय नसच्याएसम्म सरकारमा सहभागी नहुने घोषणा गरेका थिए।

प्रदेश १ मा नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन्। कार्कीले आज दिउँसो २ बजे शपथ ग्रहण गरेपछि सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति: : 2023-01-09 12:37:00

प्रतिकृया दिनुहोस्