
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
बिएल संवाददाता
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग थाई नेपाली संघ थाइल्याण्डका पदाधिकारीले गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह गरेका छन्।
सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा थाइल्याण्डमा बसोबास गर्ने नेपालीभाषी थाई नागरिकलाई गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेको अध्यक्षको सचिवालयले जनाएको छ।
अध्यक्ष तिमिल्सिनाले थाइल्याण्डमा बसोबास गरिरहेका नेपाली मूलका नागरिकका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आवश्वासन दिएका छन्। अहिले थाइल्याण्डमा बसोबास गर्ने नेपालीहरु दोस्रो विश्व युद्धताका म्यान्मार हुँदै थाइल्याण्ड पुगेका नेपालीका चौथो पुस्ता हुन्।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले उपलब्ध गराउने परिचयपत्र पाउन समेत थाइल्याण्डमा बसोबास गरेका नागरिकलाई कठिन भएको छ।
परिचयपत्र नहुँदा नेपालमा आवतजावत गर्न भिसा र अन्य सुविधाबाट बञ्चित हुनु परेको तथा नेपाली मौलिक संस्कार र संस्कृतिको बोध गराउनका लागि पनि परिचयपत्र आवश्यक भएको नेपाली संघ थाइल्याण्डकी अध्यक्ष वासाना राईले बताइन्।
थाइल्याण्डमा झण्डै एक लाखको सङ्ख्यामा नेपालीभाषी रहेको अनुमान छ।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया