प्रदेश १ : सरकारमा सहभागिताका विषयमा छलफल गर्न माओवादीको बैठक सुरु

प्रदेश १ मा सरकारमा जाने/नजाने विषयमा छलफल गर्न माओवादी संसदीय दलको बैठक सुरु भएको छ।

सरकारमा सहभागिताका विषयमा सांसदहरुको फरक फरक धारणा आउन थालेपछि बैठक बसेकाे हाे।

सहभागी एक सांसदका अनुसार बैठकले सरकारमा जाने/नजाने भन्ने विषयमा निर्णय गर्नेछ।

आइतबार साँझ गठबन्धनका केन्द्रीय नेताहरूले प्रदेश १ एमालेलाई दिने निर्णय गरेसँगै इन्द्रबहादुर आङ्बोले आफूहरू सरकारमा नजाने घोषणा गरेका थिए।

प्रकाशित मिति: : 2023-01-09 13:27:00

प्रतिकृया दिनुहोस्