अमेरिकाको क्यालिफोर्नियामा तीन दिनमा तीन मास सुटिङ, दुई घटनामा चिनियामुलका बन्दुकधारी

बिएल संवाददाता

वारिङ्टन डीसी

अमेरिकाको क्यालिफोर्नियामा तीन दिनमा भएका तीन मास सुटिङका घटनामा १८ जनाको ज्यान गएको छ । शनिबार राती मोन्टेरी पार्कको एक डान्स स्टुडियोमा भएको घटनामा ११ जना मारिएका थिए भने  ९ जना घाइते भए। सोमबार राति हाफ मुन बेमा भएको दोस्रो घटनामा ७ जनाको मारिए । त्यसको एक घण्टापछि अकल्याण्डमा भएको घटनामा एकजनाको निधन भयो भने सातजना घाइते भए ।

हाफ मुन बेमा भएको घटनामा ६६ वर्षीय चिनियामुलका चुन्ली छाँवोको संलग्नता भेटिएको छ । एक स्थानीय च्याउँ फार्ममा काम गर्ने उनले च्याउँ खेतीमा काम गर्ने एसियाली र ल्याटिनो सहकर्मीलाई निशाना बनाए । उनी घाइते अवस्थामा पक्राउ परेका छन् ।

क्यालिफोर्नियाका पछिल्ला घटनाहरू दुई कारणले चर्चामा छन्। पहिलो कारण पिहलो र तेस्रो घटनामा चिनियामूलका बन्दुकधारीको संलग्नता पाइएको छ । मोन्टेरी पार्कमा ७२ वर्षिय संलग्न पाइए भने हाफ मुन बेमा  चुन्ली छाँवो । 

दोस्रो सामुहिक गोलीबारी तुलनात्मक रूपमा बन्दुकसम्बन्धी कडा  कानून भएको क्यालिफोर्निया राज्यमा भएका छन् ।

यी दुबै घटनाका कारण आप्रवासी मन नपराउने दक्षिणपन्थी अमेरिकीहरूको ठूलो स्वर हुने भएको छ । उनीहरू यसै पनि क्यालिफोर्नियाको बन्दुकसम्बनधी कडा कानून र चिनियालगायतका आप्रवासीलाई मन पराउँदैछन्, त्यसमाथि श्रृंखलावद्ध रूपमा यस्ता घटना घटेपछि उनीहरू थप आक्रमक हुनेछन् ।  

यी दुई घटनाले अमेरिकामा जातीय घृणा अरू बढ्नेछ । त्यसको शिकार बढी मात्रामा ब्राउन फेस भएका एसियालीहरू पर्नेछन् । 

प्रकाशित मिति: : 2023-01-25 20:30:00

प्रतिकृया दिनुहोस्