यी हुन् विश्वका कुख्यात महिला चाेरहरू 

आजभाेलि दिनहुँ जस्तै चाेरीका घटनाहरू भइरहेका हुन्छन्। कतिपयले यसलाई सामान्य रूपमा पनि लिन्छन्। प्रायः जसाे चाेरले घरमालिककाे अनुपस्थितमा सामानहरू चाेरी गर्दछन्। उनीहरू चाेरी गर्न यति माहिर हुन्छन् कि कुनै पनि सुराक छाड्दैन।

दुनियाँमा यस्ता चाेरहरू पनि छन् जाे महिला भएर पनि पुरूषकाे भेषमा लुटपाट तथा चाेरीमा संलग्न हुन्थे। महिला चाेरहरूकाे बारेमा कुरा गर्दा सामान्यतया सबैले जेसी जेम्स, ब्ल्याकबर्ड र क्लाइड ब्यारोको बारेमा सुनेकाे हुनुपर्छ, जो आफ्नो साथी बोनी पार्करसँग लामाे समयसम्म चाेरी तथा डकैतीमा संलग्न रहेका थिए।

यी हुन् संसारभरका केही कुख्यात महिला चाेरहरू 

बोनी पार्कर

बोनी पार्कर अमेरिकी ‘मस्ट वान्टेड’ महिला डाकु तथा अपराधीमध्थेकी एक हुन्। उनकाे जन्म सन् १९१० मा अमेरिकाकाे टेक्सास राज्यमा भएकाे थियाे। बाेनी सानैदेखि कविता तथा साहित्यमा रूचि राख्थिन्। उनी विद्यालयमा सधैँ अनुशासित विद्यार्थीकाे रूपमा चिन्थिन्।

बाेनीकाे ‘हिराेइन’ बन्ने सपना थियो। तर विवाहपछि भने उनकाे जीवन परिवर्तन भयाे। उनी १६ वर्षकाे उमेरमा नै डकैतीको आरोपमा जेल परिन् र पाँच वर्षको सजाय भुक्तान गरेर बाहिर निस्किइन्।

जेलबाट निस्केपछि सन् १९३० मा उनले क्लाइड ब्यारोलाई भेटिन्। त्यसपछि क्लाइडसँग मिलेर चाेरी, हत्या तथा डकैती गर्न थालिन्। त्यसका साथै उनीहरूले जेलमा बन्दुकको तस्करी गरी अपराधीहरूलाई जेलबाट भगाउने गर्थे। उनीहरूले सन् १९३० देखि १९३२ सम्मसँगै आपराधिक गतिविधि गरे। बाेनी र क्लाइड एकअर्काकाे प्रेममा थिए तर उनीहरूकाे प्रेम धेरै समय रहन सकेन।

प्रहरीले उनीहरूलाई हत्या तथा बन्दुक तस्कर गरेकाे आराेपमा खाेजीकार्य गर्न थाल्याे। त्यसपछि सन् १९३४ मा बाेनी र क्लाइड पुलिसकाे घेरामा परे, दुवै जनाकाे गाेली हानी हत्या गरियाे।

एनी बोनी

एनी बोनी १८औँ शताब्दी सबैभन्दा प्रख्यात डाकुँमध्येकी एक हुन्। उनी आयरिश-अमेरिकी समुद्रकी ‘क्विन’ थिइन्। जसले कप्तान जोन ‘क्याली ज्याक’ र्याकहमसँग मिलेर काम गरकी थिइन्।

बोनीले समुन्द्रमा जहाजमार्फत ल्याइएका सामानहरू कब्जा गर्ने र लुट्ने गर्थिन्। उनले समुद्री डाकुँ टोलीको सहयोगमा कब्जा गरिएका सामानहरू ठुला-ठुला व्यापारीसमक्ष पुर्याउने र बेच्ने गर्थिन्।

तर सन् १७२० मा प्रहरीले उनीहरूलाई पक्रियाे र क्यालीलाई मृत्युदण्ड दिइयाे। एनी भने गर्भवती भएको कारण मृत्युदण्डबाट बँच्न सफल भइन्। उनी अन्ततः रिहा भइन्। उनको बाँकी जीवन बच्चाहरूसंग बित्याे।

द स्टारलेट ब्यानडेट

द स्टारलेट ब्यानडेट अमेरिकामा बैंक लुट्ने महिलाहरूकाे ग्याङ हाे। सन् २०१० मा लस एन्जलसमा कम्तिमा १० वटा बैंक लुट्ने महिलालाई द स्टारलेट ब्यान्डिट उपनाम दिइएको थियो।

ती महिला चोरहरूले साधारण लुगा लगाएका थिए तर स्टारलेट जस्तो नदेखिए पनि बैंक लुट्ने क्रममा उनीहरूले लगाएको ठूलो सन-ग्लासका कारण उनीहलाई यो उपनाम दिइएकाे हाे।

उनीहरू चाेरी तथा डकैतीकाे मामिलामा यति पाेख्त थिए कि उनीहरूले पहिचान खुल्ने कुनै पनि संकेत छाडदैन थिए र उनीहरूबारे कहिल्यै पत्ता लागेन। त्यसैले उनीहरू हालसम्म पनि आफ्नो अपराधबाट भाग्न सफल भएका छन्।

सान्टे किम्स

सान्टे किम्स अमेरिकी अपराधी हुन्। जसलाई दुई हत्याका साथै डकैती, जालसाजी, दासत्व विरोधी कानुनको उल्लङ्घन र अन्य धेरै अपराधहरूमा दोषी ठहराइएको थियो।

उनले धेरै पटक सम्पत्तिका कागजहरू जलाइन्, बीमा रकम उठाएर ठगी गरेकी थिइन्। उनले दास व्यापार पनि चलाएकी थिइन्। साथै अवैध रूपमा आएका आप्रवासीहरूलाई आवास र रोजगारी दिने बहाना गर्दै उनीहरूबाट रकम ठग्ने गर्थिन्।

द फोर्टी एलिफन्ट्स ग्याङ

द फोर्टी एलिफन्ट्स ग्याङ बेलायती चाेर महिलाहरूकाे गिराेह हाे। जसलाई फोर्टी थिव्स पनि भनिन्थे। उनीहरू विशेषत: पसल फाेर्ने र सामान चेर्ने गर्दथे। उनीहरूले लन्डनमा द एलिफ्यान्ट नाम दिएर गिराेह सञ्चालन गरेका थिए। उनीहरू प्रायः एलिफ्यान्ट र क्यासल मोबसँग काम गर्थे, जो पुरुष गुण्डाहरू थिए। याे गिराेह सन् १८६० र १९५० सम्म सक्रिय थियाे।

मोल कटपर्स

मोल कटपर्सकाे वास्तविक नाम मेरी फ्रिथ हाे। उनी १७औं शताब्दीमा लन्डनकाे प्रख्यात चाेर हुन्। उनी पुरूषकाे भेषमा राजमार्गमा लुट्थिन्। मोल जानीजानी चाेरीका सामानहरू किन्ने र नाफाकाे लागि ती सामान मानिसहरूलाई पुन: बेच्ने गर्थिन्।

उनले दलालको रूपमा र बारको रूपमा पनि काम गरिन्। उनी पहिलाे पटक सन् १६०० र १६०२ मा पर्स चोरी गरेको आरोपमा जेल परेकी थिइन्।

मा बार्कर

मा बार्करको नामले प्रसिद्ध रहेकी 'मा'काे वास्तविक नाम केट बार्कर हो। १४ वर्षकाे उमेरदेखि आपराधिक दुनियाँमा प्रवेश गरेकी बार्करलाई चोरी तथा डकैती गर्नु कुनै नौलो कुरा थिएन। तर जब उनले बाटोमा हिँडेका मानिसको हत्या गरी चोरी गर्न थालिन्, तब बार्करलाई सबैले मान्न थाले।

उनी प्रायः आफ्ना पति जर्ज र छोराहरू हर्मन, लोयड, आर्थर र फ्रेड सँगसँगै काम गर्थिन्। कुख्यात बार्कर-कार्पिस गिरोहका रूपले चिनिएका उनीहरूले अमेरिकामा छाेटाे समयमा नै चाेरी तथा डकैतीकाे रूपलाई बढाउँदै लगे।

सन् १९२७ मा पुलिसले हर्मनलाई गिरफ्तार गर्याे। हर्मनले गिरफ्तारीबाट बँच्न आत्महत्या गरे। त्यसको केही समयपछि मा बार्करका बाँकी तीन छोरा र श्रीमान् पनि जेलमा परे। जब सन् १९३१ मा फ्रेडको रिहाइ भयाे, त्यसपछि उनीहरूले पुन: अर्को अपराधको सिलसिला सुरु गरे। तर उनीहरू पहिला नै प्रहरीकाे नजरमा परिसकेकाे हुनाले सन् १९३५ मा फ्लोरिडामा लुकेर बसेकाे समयमा दुवैलाई गोली हानी हत्या गरियाे।

सोनका गोल्डेन ह्यान्ड

साेफिया इभानाेभाना उर्फ सोनका गोल्डेन ह्यान्ड १९औं शताब्दीको रूसी चोर र चोर कलाकार हुन्।

उनी खासगरी गहना मात्र चाेर्ने गर्थिन्। उनले धेरै सावधानीपूर्वक योजनाबद्ध तरिकाले चाेरी गर्थिन्। जसका लागि उनीसँग आफ्नै प्रविधिहरू थिए। उनी चाेरीका लागि बाँदर प्रयाेग गर्ने गर्थिन्।

एजेन्सीकाे सहयाेगमा 

प्रकाशित मिति: : 2023-02-07 20:23:00

प्रतिकृया दिनुहोस्