राष्ट्रपतिमा सत्तापक्षको उम्मदेवार विजयी हुन्छ: शङ्कर पोखरेल

File Photo
File Photo

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सात राजनीतिक दलको साझा नीतिका आधारमा सरकार निर्माण भएको हो भन्दै सरकार सञ्चालन  पनि साझा नीति र कार्यक्रमबाट हुने बताएका छन्।

विराटनगर विमानस्थलमा साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सहमति खोज्नु भएकाे बताए। 

'राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सबैको सहमति खोज्नु हो', महासचिव पोखरेलले भने।

केन्द्र र सातवटै प्रदेशमा सत्तापक्षको बहुमत रहेकाले राष्ट्रपतिमा सत्तापक्षको उम्मदेवार विजयी हुने विश्वास उनले व्यक्त गरे। उनले नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर राज्यको प्रमुख दाबी गर्न नमिल्ने बताए।

प्रकाशित मिति: : 2023-01-30 13:27:00

प्रतिकृया दिनुहोस्