उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। 

आयोगको निर्णयानुसार आगामी फागुन २५ बिहीबार राष्ट्रपतिको र चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको छ। पदका लागि तोकिएको दिन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मतदान केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेकाे विज्ञप्ति मा जनाइएको छ।

पदका लागि सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहनेछन्। विद्यमान कानुनी प्रावधानका कारण आयोगले प्रदेशगत आधारमा मतदान केन्द्र नसकिएको जनाएको छ।

 

 

प्रकाशित मिति: : 2023-01-30 16:37:00

प्रतिकृया दिनुहोस्