जुम ब्यूटी एकेडेमीकाे आन्तरिक प्रतिस्पर्धा

तीनकुनेमा मेकअप र हेयरको परीक्षा सम्पन्न (भिडियाेसहित)

सुनिता लामा

काठमाडाैं

जुम ब्यूटी एकेडेमीले विगत दुई सातादेखि  सञ्चालन गर्दै आइरहेको विभिन्न विधाकाे परीक्षा अन्तर्गत आज मेकअप र हेयरको अन्तिम प्रतिस्पर्धा सम्पन्न गरेको छ।

आफ्नो बाह्रै वटा शाखाहरूमा अध्ययनरत प्रशिक्षार्थीहरूबीच विभिन्न विधा तथा कोर्शहरूको भइरहेकाे आन्तरिक प्रतिस्पर्धा तीनकुने शाखामा फाइनल परीक्षा भएको हो।

गएको साता सम्पन्न भएको प्रतिस्पर्धाबाट छनौटमा पर्न सफल बाह्रै जना प्रतिस्पर्धीहरूले मेकअप र हेयर को परीक्षा दिएका हुन्। 

उनीहरूमध्येबाट सर्वाेत्कृष्ट तीन तीन जना बिजेता घोषित हुनेछन्।

बिजेताहरूलाई जुम ब्युटी एकेडेमीको बाईसौं बार्सिकोत्सवमा विभिन्न उपहार, प्रमाणपत्र, रोजगारको अवसर लगाएत विशेष अवार्डद्वारा सम्मानित गरिने एकेडेमीका निर्देशक कृशप त्वनाबाशुले बताएका छन्।

जुमको हरेक विधा र कोर्शहरू छ महिना र एक वर्षको हुने भएकोले यस्तो परीक्षा वर्षमा दुई पटक हुनु पर्दछ। 

यसले विद्यार्थी तथा प्रशिक्षार्थीहरूमा आत्मविश्वास, समय व्यवस्थापन, मेहनतका साथ काम गर्ने बानी, सृजनात्मकता र काम गर्दा वा आफ्नो ग्राहकलाई सेवा दिँदा ध्यान राख्नुपर्ने हाईजिनको पनि ज्ञान बढ्ने बताँउछिन् बालाजु शाखाकी म्यानेजर गोमा डँगोल। 

यस किसिमको परीक्षा सञ्चालनले जुमको मात्र नभई विद्यार्थी वा प्रशिक्षार्थी स्वंयको पनि राष्ट्रिय/ अर्न्तराष्ट्रियस्तरमा पहिचान बढ्ने उनी बताउँछिन्।

आज सम्पन्न भएको मेक अप र हेयर परीक्षामा जुनु चक्रधर, गोमा डंगोल, सनम श्रेष्ठ, सुश्मिता कार्की , मेक अप र अलिशा सोनार, रोजिना सुब्बा, रोजिना श्रेष्ठ, पार्वती पुन मगर हेयर विधाका निर्णायक रहेका थिए। उक्त परीक्षा तीन घन्टा चलेको थियो।

प्रकाशित मिति: : 2024-03-03 18:00:00

प्रतिकृया दिनुहोस्