अमेरिकी आकाशमा अझै उड्दैछ चिनियाँ बेलुन, चाँडै बाहिरिने अपेक्षा

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकी आकाशमा उडिरहेको संदिग्ध चिनियाँ बेलुन साउथ क्यारोलाइना टमाथिको आकाशमा उडिरहेको छ । कम्तीमा तीनवटा सार्वजनिक बसजतिको आकारमा रहेको बेलुन स्थानीयबासीले नाङ्गो आँखाले देखिरहेका छन् । अमेरिकी अधिकारीहरूले बेलुनलाई गोली नहान्न सर्वसाधारणलाई आव्हान गरेका छन् ।

चीनले मौसम अध्ययनका लागि उडाइएको बेलुन हावाले धकेलिएर अमेरिकी आकाशमा पुगेको दाबी गरेको छ । चिनिया अधिकारीहरूले बेेलुन अमेरिकी आकाशबाट बाहिर ल्याउन प्रयास भैरहेको बताएका छन् । अमेरिकी अधिकारीहरू पनि बेलुन छिट्टै नै अमेरिकाको पूर्वीतटीय आकाशबाट बाहिरिने अपेक्षा गरिरहेका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपिति जो बाइडनले चिनिया संदिग्ध बेलुन चाँडै नै ठेगान लगाइने बताएका छन् । न्युयोर्कको सिराकस भ्रमणमा रहेका उनले सञ्चारकर्मीहरूले सोधेको एक प्रश्नको उत्तर दिदै यस्तो प्रतिक्रिया दिएका हुन् ।

अमेरिकी आकाशमा उडिरहेको संदिग्ध चिनियाँ बेलुन अझै पनि अमेरिकी आकाशमै उडिरहेको छ । चीनले बेलुनलाई अमेरिकी आकाशबाट बाहिर ल्याउने प्रयास भैरहेको जनाएको छ भने अमेरिकाले त्यसो नभए ठेगान लगाउने चेतावनी दिएको छ।

अमेरिकी रक्षा विभाग पेन्टागनका अधिकारीहरूले अर्को एक संदिग्ध चिनिया बेलुन ल्याटिन अमेरिकी आकाशमा देखिएको जनाएका छन् । यसरी एकपछि अर्को संदिग्ध बेलुन अमेरिकी आकाशमा देखिनुको मूल कारण जासुसी नै भएको अमेरिकी रक्षा अधिकारीहरूले दाबी गरेका छन् । यद्यपि, चिनिया अधिकारीहरूले भने उनीहरूको आरोप खण्डन गर्दै मौसमको अध्ययन गर्न बेलुन प्रयोग गरिएको बताएका छन् ।

अमेरिकी आकाशमा चिनिया जासुसी हुँदैआएको अमेरिकाले आरोप लगाउँदै आएको यो पहिलो घटना हैन । यसअघि पनि यस्ता आरोप-प्रत्यारोपहरू अमेरिका र चीनबीच लगाइदै आएका छन् । बेलुन प्रकरण त्यसैको पछिल्लो श्रृंखला हो ।  

यो प्रकरणले अमेरिका र चीनको सम्बन्ध अरू चिस्याएको छ । यही परिघटनापछि अमेरिकी विदेश मन्त्री ब्लिन्केनको आसन्न चिनियाँ भ्रमण पनि स्थगित भएको छ । 

अमेरिकाको घरेलु राजनीतिमा पनि यो एक मसला भएको छ । खासगरी दक्षिणपन्थी रिपब्लिकनहरूले यसलाई राष्ट्रपति बाइडेनविरूद्ध निशाना साँध्ने अर्को एउटा मौका बनाएका छन् । बाइडेन चिनियाँप्रति उदार रहेको ठान्ने उनीहरूले यो घटना त्यही उदारताको परिणाम भएको बताएका छन् । 

प्रकाशित मिति: : 2023-02-04 23:16:00

प्रतिकृया दिनुहोस्