सैनिक कारबाहीमा एक सय सत्र लडाकू मारिए

सोमाली सेनाले अल–शबाबविरुद्ध गरेको पछिल्लो कारबाहीमा एक सय १७ जना लडाकू मारिएका छन्।

अमारा शहर नजिक भएको आठ घण्टा लामो कारबाहीमा ती लडाका मारिएका सोमाली राष्ट्रिय सेनाका एक अधिकारीले बताएका छन्।

अशान्त सोमालियाको राजनीतिक स्थायित्वका निम्ति खटिएका अन्तर्राष्ट्रिय साझेदार मुलुकका सैनिकको सहयोगमा उक्त कारबाही गरिएको हो।

कारबाहीमा बाँचेकाहरू जङ्गलतर्फ भागेकाले उनीहरूको व्यापक खोजी भइरहेको छ।

हालैका दिनमा अन्तर्राष्ट्रिय साझेदारसहितको राष्ट्रिय फौजले अल–शबाबविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ। साथै उसको पकडमा रहेका क्षेत्र राज्यको नियन्त्रणमा ल्याउन सफलता मिलेको छ।

प्रकाशित मिति: : 2023-02-12 07:35:00

प्रतिकृया दिनुहोस्