विश्वकप क्रिकेट लिग- २ अन्तर्गत त्रिकाेणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा नामिबियाले नेपाललाई २ सय ७५ रनकाे लक्ष्य दिएकाे छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याक्टिङ गरेकाे नामिबियाले पूरा ५० ओभर खेलेर ६ विकेट गुमाउँदै २ सय ७४ रन बनाउन सफल भयाे। नामिबियालकाे लागि जेन ग्रिनले अविजित ७५ रनकाे याेगदान गरे।
त्यस्तै नामिबियाका ओपनर लो हान्द्रे लौरेन्स ४१ तथा कार्ल बिर्केन्स्टोक २० रन जोडेरर आउट भए। भने, माइकल भान लिङ्गेनले २२, माइकल भान लिङ्गेनले २२, रुबेन थ्रुम्पेल्मान २४ रनकाे याेगदान गरे।
नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए। भने, करन केसी र साेमपाल कामीले १–१ विकेट लिए।
याे सँगै सन्दीप लामिछाने जारी प्रतिस्पर्धमा सबैभन्दा बढी विकेट लिनेमा तेस्राे बनेका छन्।