आइतबार, १३ जुलाई २०२५

माओवादी केन्द्र हुम्ला : वडाध्यक्षमा उम्मेदवारी घोषणा

बिएल संवाददाता

बिएल संवाददाता

सिमकोट
2022-04-03 08:25:00
News Image
• • •

आगामी ३० वैशाख तय भएकाे स्थानीय तहकाे निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) हुम्लाले उम्मेदवार घाेषणा सुरु गरेकाे छ। माओवादी केन्द्रले सिमकोट गाउँपालिका- ३ मा पामा लामालाई वडाध्यक्षको उम्मदेवार बनाएकाे छ।

सर्वसहमतिका आधारमा उम्मेदवारकाे टुंगाे लगाइएकाे माओवादी केन्द्र सिमकोट गाउँपालिका अध्यक्ष ताक्ला जिम्मेत लामाले जानकारी दिए। उनका अनुसार चुनाव लक्षित घरदैलो तथा कार्यकर्ता भेटघाट भइरहेकाे छ।

हुम्लामा सातवटा गाउँपालिका छन्। ती पालिकामामा ४४ वडा छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?