राष्ट्रको विकासका लागि प्रदेशलाई समृद्ध बनाउन जुटौँ: मुख्यमन्त्री गिरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशको समृद्धिबाट मात्र राष्ट्रको विकास हुने भन्दै प्रदेशलाई समृद्ध बनाउन सबै लाग्नुपर्ने बताएका छन्। आइतबार परेको प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री गिरीले राष्ट्र निर्माणको साझा अभियानमा साथ दिन प्रदेशवासीमा अपिल गरेका छन।

नेपाली जनताको निरन्तरको त्याग, संघर्ष र बलिदानबाट मात्रै निरकुंश, जहाँनिया राणा शासनको अन्त्य भएको स्मरण गर्दै उनले संविधानको मर्म अनुरुप संघीय शासन प्रणाली विधिवत रुपमा स्थापित भएको शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई नागरिकको जीवन पद्धतिका रुपमा स्थापित गर्न सक्दा मात्रै आम नागरिकले लोकतन्त्रको सुखद् अनुभूति गर्न पाउने भन्दै मख्यमन्त्री गिरीले भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई नागरिकको जीवन पद्धतिका रुपमा स्थापित गर्न सक्दा मात्रै आम नागरिकले लोकतन्त्रको सुखद् अनुभूति गर्न पाउँछन् भन्ने मान्यतालाई स्थापित गर्न प्रदेश सरकार लागिपरेको छ। नागरिकको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न संघीयताको व्यवहारिक कार्यान्वयनका लागि दृढ संकल्पित छौँ।’

उनले नेपालको परिवर्तनका लागि विभिन्न समयमा थालिएका आन्दोलनमा प्राणको आहुती दिने सहिदहरुप्रति श्रद्धाञ्जली अर्पणसमेत गरेका छन् भने आन्दोलनका घाइते र बेपत्ता योद्धाहरुप्रति सम्मान व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2023-02-19 10:47:00

प्रतिकृया दिनुहोस्