भारत

प्रेमिकाले फोन नउठाएपछि २४ वर्षीय युवकले गरे आत्महत्या

साथीहरूसँगको सामूहिक रात्रिभोजलगतै आफ्नी प्रेमिकाले फोन नउठाएपछि एक युवकले आत्महत्या गरेको खुलासा भएको छ।

भारतको महाराष्ट्र राज्यस्थित ट्रोम्बे नगरका २४ वर्षीय युवक मानव लालवानीले गत बिहिबार घर छेउमै झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

मृतक लालवानी र प्रेमिकाबीच भोज सकिएपछि चेम्बुर जिमखानामै सामान्य खट्पट् भएको थियो। उनीहरू नजिक–नजिक बस्थें। भोजमा दुबै जनाले मदिरा सेवन गरेर घर फर्किएकाे प्रहरी स्राेतकाे दाबी छ।

घटनास्थलकाे सीसीटीभी फुटेजमा देखिएअनुसार रात्रिभोज सकेर प्रेमिकासँगै घरछेउ पुगेका लालवानी केहि समय उनैसँग फोनमा बोल्छन्। प्रहरीका अनुसार प्रेमिकाले बारबार निन्द्रा लागेकाे बताउँछिन्। तर लालवानी कुराकानी गर्न छाड्दैनन्। रिसाउँदै एकाएक फोन काटिदिँदा उनी तनाबमा देखिन्छन्। लगतै उनले दश पटकसम्म फोन गर्छन् तर उठ्दैन।

उनकी प्रेमिकाले प्रहरीलाई बताएअनुसार फोन साइलेन्ट मोडमा थियो। उनले फोन आएको पत्तै पाइनन्। प्रमिकाले फोन नउठाएपछि लालवानीले पाइपमा झुण्डिएर आत्महत्या गरेको एक प्रहरी अधिकारीले बताएका छन्।

देवनारको ग्रीन एकर्स निवासी लालवानी आमाबुवा र भाइसँग बस्थें।

प्रकाशित मिति: : 2021-12-08 07:18:00

प्रतिकृया दिनुहोस्