'अमेरिकी राष्ट्रपति' दिवशकै मनाइरहेकै दिन युक्रेन पुगे राष्ट्रपति बाइडन

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

आज फेब्रुअरी महिनाको तेस्रो सोमबार, अमेरिकाले सार्वजनिक विदासहित राष्ट्रपति दिवश मनाएको छ। यो दिन अमेरिकाका तमाम राष्ट्रपतिहरूको सम्मान र सम्झना गरिने दिन हो। 

अमेरिकाले सन् १७९८९ अप्रिल ३० मा जर्ज वासिङ्टनका रूपमा पहिलो राष्ट्रपति पाएको थियो। त्यसयताका २३४ वर्षमा अमेरिकाले ४६ जना राष्ट्रपति पाइसकेको छ। जनवरी २०, २०२० मा कार्यभार सम्हालेका बर्तमान राष्ट्रपति जो बाइडन अमेरिकाका ४६औं राष्ट्रपति हुन्।

अमेरिकाले राष्ट्रपति दिवश मनाइरहेको बेला राष्ट्रपति जो बाइडन भने युक्रेन पुगे। पोल्याण्डको बार्साबाट १० घण्टा रेल चढेर किभ पुगेका बाइडन साँझ पोल्याण्ड नै फर्किए। किभमा रहदा उनले युक्रेनका राष्ट्रपततिसँग भेटवार्ता गरे भने अमेरिकी दूताबासको संक्षिप्त भ्रमण पनि गरे। 

८० वर्षीय राष्ट्रपति बाइडनको यो अप्रत्यासित भ्रमण थियो। उनी रूसले युक्रेनमा हमला गरेको एक वर्षपुग्ने अघिल्लो दिन किभ पुगेका थिए। अमेरिका युक्रेनको साथमा रहेको सन्देश प्रवाह गर्न उनी किभ पुगेका थिए।

अमेरिकाले सन् १७८९ यता अनेकथरिका राष्ट्रपति पायो, ब्यहोर्यो तर यसले कहिलै पनि पद्धति फेर्ने कुरा गरेन। राष्ट्रपतिय पद्धतिमार्फत् विधिको शासनलाई सर्वोपरि ठान्यो। 

अमेरिकाले सन् १७८९ राष्ट्रपति पाउँनुअघि नै संविधान पायो। त्यसयताका २३४ वर्षमा यो मात्र २६ पटक संशोधन भयो। संविधानको स्थायित्व अमेरिकाको विशेषता हो। यो स्थायित्वका लागि अमेरिकाले कतिपय स्वभाविक  र अपरिहार्य परिवर्तन पनि गरेको छैन। जस्तो कि, राजधानी वासिङ्टन डीसीले राज्यको मान्यता नपाउँदा एकजना पनि सिनेटर पाइरहेको छैन। जनसंख्या जति होस्, आकार जति होस् तैपनि अमेरिकाका सबै राज्यले दुईजना नै सिनेटर पाइरहेका छन्।

अमेरिका सार्वजनिक विदा कमै दिने राष्ट्रमा पर्छ। यदि त्यसो हुँदो हो त अमेरिकाका लागि विशेष योगदान दिएका कम्तिमा पनि एक दर्जन राष्ट्रपतिका नाममा विदा हुन्थ्यो। तर, अमेरिकाले त्यसो गरेन्, जर्ज वासिङ्टनदेखि जो बाइडनसम्म मात्र हैन, अब हुने अनेकौ राष्ट्रपतिका लागि पनि एउटै दिन निश्चित छ,  फेब्रुअरी महिनाको तेस्रो सोमबार, राष्ट्रपति दिवश। 

अमेरिकाका सबै राष्ट्रपतिहरूको सामुहिक सम्मानको दिन, सबै अमेरिकीहरूलाई वधाइ एवं शुभकामना।

प्रकाशित मिति: : 2023-02-21 05:41:00

प्रतिकृया दिनुहोस्